बिर्तामोड : झापाको कनकाई नगरपालिका १ र ७ स्थित दुर्गापुरमा रहेको श्री दुर्गा भगवती मनसादेबी मन्दिरमा आयोजना भएको श्रीमद् देबी भागवत महापुराण नवाह ज्ञान महायज्ञको आय –व्यय  सार्वजनिक गरिएको छ । 

महायज्ञ मुल आयोजक समितिले मंगलबार (आज) मन्दिर प्राङ्गणमा पत्रकार भेटघाट मार्फत महायज्ञको आयब्यय सार्वजनिक गरेको हो । चैत्र ८ गतेदेखि १६ गतेसम्म सञ्चालन  भएको महायज्ञबाट २१ लाख ४९ हजार ७३ रुपैयाँ आम्दानी भएको आर्थिक समितिका संयोजक मनोजकुमार पोखरेलले जानकारी दिए । उक्त रकम मध्ये ७ लाख ६५ हजार ९२५ रुपैयाँ खर्च भएको र 

९ लाख ३५ हजार ८ सय ५० रुपैयाँ बैकमा जम्मा भएको र  १५ हजार २० रुपैयाँ नगद समितिसँग रहेको उनले हिसाब सार्वजनिक गरेका हुन् ।  साथै उनले बिभिन्न दाताहरुले कबुल गरेको ४ लाख ३२ हजार ३७८ रुपैयाँ उठ्न बाँकी रहेको पनि  जानकारी दिए ।

मन्दिरको अक्षयकोष अभिबृद्धि एवंम भौतिक संरचना निमार्णकालागि आयोजना गरिएको महापुराणबाट सोचे भन्दा   बढी सफलता हासिल गर्न सकिएको  महायज्ञ आयोजक मुल समितिकी संयोजक सरला दाहाल पोखरेलले बताइन् । 

उनले देशको बिषय परिस्थितिका बापजुत पनि पुराणमा धेैरै दाताहरुले सहयोग गरेको भन्दै सबैलाई धन्यबाद सहित आभार प्रकट गरिन । 

महायज्ञ आयोजक मुल समितिकी संयोजक  पोखरेलको अध्यक्षतामा भएको कार्यक्रममा मन्दिर ब्यवस्थापन समिति अध्यक्ष दुर्गाप्रसाद निरौलालले महायज्ञलाई पोखरेल सहितको अन्य टिमले गरेको कामले सोचे भन्दा बढी सफलता मिलेको बताए । कार्यक्रमको सञ्चालन मुल आयोजक समितिका सचिब तथा सञ्चारकर्मी राम निरौलाले गरेका थिए । 

त्यस्तै सोही कार्यक्रममा महायज्ञ आयोजक समितिले मन्दिर व्यवस्थापन समितिलाई माइन्यूट हस्तान्तरण समेत गरेको थियो ।

त्यस्तै मन्दिरमा सामुदायिक भवन समेत बनाइने जनाइएको छ । जसकालागि  स्व. गणेश पोखरेल, स्व.कुमुनिदी पोखरेल र मोहनराज पोखरेलका परिवारले दुई ÷दुई लाख रुपैयाँका दरले सहयोग गर्ने बचनबद्धता दिएको मन्दिर ब्यवस्थापन समितिका अध्यक्ष निरौलालले जानकारी दिए । उनका अनुसार सामुदायिक भवन निर्माण समितिको संयोजकमा कुमारमणि पोखरेललाई चयन गरिएको छ । संयोजक पोखरेल समाजसेवी, युवा व्यवसायी तथा राजनीतिज्ञ समेत हुन् ।  उनका अनुसार ८८ लाख रुपैयाँको लागतमा निर्माण गर्न लागिएको  भवन दुई तलाको हुने छ ।