भद्रपुर  : झापाको भद्रपुर  ६ स्थित मन्त्री चोकमा गोयल परिवारले विपन्न १४ परिवारलाई घर निमार्ण गरिदिएका छन् ।  उक्त घरको आज आइतबार एक कार्यक्रमकाबिच हस्तानतरण गरिएको छ । 

ओमप्रकाश गोयल कोलोनी मार्गमा विपन्न ८  माझी  र ६ राजवंशी परिवार गरि  १४ परिवारलाई निमार्ण गरिदिएको घर गोयल परिवारले हस्तान्तरण गरेको हो । 

झापा उद्योग वाणिज्य संघका पूर्व अध्यक्ष एवम् समाजसेवी ओमप्रकाश गोयलको स्मृतिमा स्वर्गीय ओमप्रकाशका दाजुभाइ महावीरप्रसाद, दीनबन्धु र राजकुमार गोयल परिवारबाट करिव १ करोड रुपैंया  खर्चिएर घर निर्माण गरिदिएकी हुन् । 


कार्यक्रमका विशेष अतिथि भद्रपुर नगरपालिकाका नगर प्रमुख गणेश पोखरेल, राष्ट्रिय सभा सदस्य गोपालकुमार बस्नेत, घर निर्माण कर्ता दीनबन्धु गोयल लगायतले उक्त घरहरू हस्तान्तरण सम्बन्धीत परिवारलार्य हस्तानतरण गरेका हुन ।

साथै कार्यक्रममा घर पाउने परिवारले दाता दीनबन्धु गोयललाई सम्मान गरेका छन् । त्यसैगरी भद्रपुर वडा नम्बर ६ को तर्फबाट वडाध्यक्ष रतिया राजवंशीले पनि गोयललाई सम्मान गरे ।

टिन तथा परालको फुसको छाप्रोमा जसोत्यसो बसेर गुजार चलाउँदै आएका स्थानीय समाजसेवी तथा उद्योगी दिनबन्धु गोयलले नयाँ पक्की घर बनाइदिएपछि दंग परेका छन् ।