झापाको मेचीनगरस्थित धुलाबारीमा दनुवार समुदायले सांस्कृतिक महोत्सव आयोजना गरेको छ ।  दनुवार समुदायको संस्कार संस्कृति जर्गेना तथा प्रवर्धन गर्ने उद्देश्यले एकदिने सांस्कृतिक महोत्सव आयोजना गरिएको हो । 

झापा जिल्ला दनुवार जागरण समितिको आयोजना तथा मेचीनगर दनुवार जागरण समितिको संयोजनमा आज शनिबार महोत्सव आयोजना गरिएको दनुवार जागरण समिति झापाका अध्यक्ष श्याम दनुवारले जानकारी दिए । 

सिमान्तकृत समुदायको रुपमा रहेको दनुवार जातीको संस्कृति र पहिचानलाई जर्गेना तथा संरक्षण गर्ने उदेश्यले महोत्सवको आयोजना गरिएको उनले बताए ।  

दनुवार समुदाय झापाको अर्जुनधारा र मेचीनगरमा संख्यात्मक रुपमा बसोवार गर्दै आएको पनि उनले बताए ।   साथै समितिले रक्तदान कार्यक्रम पनि आयोजना गरेको थियो । नेपाल रेडक्रस सोसाइटी झापाको प्राबिधिक सहयोगमा भएको रक्तदान कार्यक्रममा २० जनाले रक्तदान गरेका थिए । 

साथै कार्यक्रममा १३ जना जेष्ठ नागरिकलाई सम्मान गरिएको थियो ।   समितिका अध्यक्ष दनुवारको अध्यक्षता तथा केन्द्रिय अध्यक्ष रामकुमारसिंह दनुवारको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत यमनकुमार दनुवारले गरेका थिए । 

 कार्यक्रममा नेपाल आदिबासी जनजाती महासंघ झापाका अध्यक्ष पाण्डपलाल चौधरी, महासंघ अर्जुनधारा नगर उपाध्यक्ष श्रीलाल चौधरी, मेचीनगर–१० का वडाध्यक्ष नारायण खनाल, अर्जुनधारा नगरसभा सदस्य भिम राईलगायतले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन समितिका झापा सल्लाहकार मदनकुमार दनुवार र अग्निमाया दनुवारले संयुक्त रुपमा गरेका थिए ।