बिर्तामोडका युवा व्यवसायी तथा समाजसेवी निर्मल भट्टराईले  झापा नाटक घरलाई आर्थिक सहयोग गरेका छन् । 

नेपाल अलैंची व्यवसायी महासंघका केन्द्रिय अध्यक्ष, अलैंची निर्यात कर्ता तथा नेपाल निर्यात व्यवसायी महासंघको केन्द्रीय सदस्य समेत रहेका समाजसेवी भट्टराईले  आज बुधबार पर्न गएको जन्मदिनको अवसर पारेर बहुजातिय सांस्कृतिक संग्राहलय सहतिको निमार्णाधिन झापा नाटक घरलाई नगद ५० हजार सहयोग गरेका हुन् । 

उनले हाम्रो संस्कृति तथा मौलिकता जागरणकालागि निमार्णधिन नाटक घरलाई थोरै भए पनि सहयोग गरेको बताए । उनले जन्मदिनमा गरिने फजुल खर्चलाई सामाजिक कार्यमा खर्चिएको समेत जानकारी दिए ।  

बिर्तामोड १ स्थित देवीपचन्या उत्तरपट्टि निमार्णधिन नाटक घरमै पुगेर समासजेवी भट्टराई तथा उनकी आमा मायादेवी भट्टराईले उक्त रकम क्षितिज नाट्य समुहका अध्यक्ष माधव कल्पीतलाई हस्तानतरण गरेका हुन् । 

सहयोग हस्तानतरण कार्यक्रममा  समूहका अध्यक्ष कल्पीतले सहयोगी भट्टराईलाई धन्यबाद सहित आभार प्रकट गरेका थिए ।  

बिभिन्न संघ संस्थामा आबद्ध भट्टराईले आफ्नो तथा परिवारको जन्मदिनमा तथा बिशेष अवसरमा यसरी नै प्रत्येक बर्ष सामाजिक कार्य गर्दै आएका छन् । 

WhatsApp Image 2023-05-24 at 03.34.22

साथै सोहि अवसरमा नेपाल अलैंची व्यवसायी महासंघका महासचिव नारायणप्रसाद चिमरियाले पनि नगद २५ हजार सहयोग गरेको अध्यक्ष कल्पीतले जानकारी दिए । चिमरिया पनि बिर्तामोडमा बसेर अलैंची लगायतका व्यवसाय गर्दै आएका छन् । 

सहयोग हस्तानतरण कार्यक्रममा नाट्य समुहको बरिष्ठ उपाध्यक्ष हरीप्रसाद भण्डारी, कोषाध्यक्ष मुना प्रसाई, व्यवस्थापक राजकुमार भट्टराई, संरक्षक मायादेवी सिटौला , सहयोगी निर्मल भट्टराईको बहिनी शान्ता बिष्ट लगायतको उपस्थिति रहेको थियो । 

एक ब्यक्ति एक इटा अभियान अन्तरर्गत स्थानीय, प्रदेश र संघिय सरकार सहित बिभिन्न दाता तथा सहयोगीहरुबाट निमार्णधिन भवनमा १ करोड ९० लाख खर्च भइसकेको अध्यक्ष कल्पीतले जानकारी दिए । त्यस्तै एक धुर जमिन सहयोग समपर्ण अभियानबाट हाल सम्म ७ कठ्ठा ५ धुर जमिन प्राप्त भइसकेको जनाइएको छ ।