झापाको बिर्तामोडमा प्रादेशिक गजल सांझ २०८० तथा प्रदेश स्तरीय कवि सम्मेलनको आयोजना गरिएको  छ ।  साहित्य कला संस्कृति प्रतिष्ठान बिर्तामोड १ को आयोजना तथा सामाजिक विकास मन्त्रालय प्रदेश १ को आर्थिक सहयोगमा आइतबार प्रादेशिक गजल सांझ गरिएको हो  भने आज सोमबार प्रदेश स्तरीय कवि सम्मेलन सम्पन्न भएको हो ।

साहित्य कला संस्कृति प्रतिष्ठान अध्यक्ष भगवती ढुङ्गेलले औचित्माथि प्रकाश पारेको कार्यक्रममा स्वागत प्रतिष्ठानका उपाध्यक्ष इन्द्रप्रसाद कटुवालले गरेका थिए । 

20230703_113536

प्रतिष्ठानको अध्यक्ष ढुङ्गेलको अध्यक्षतामा भएको कार्यक्रममा प्राध्यापक डा. टंकप्रसाद न्यौपानेको प्रमुख आतिथ्यता रहेको थियो । 

कार्यक्रममा भारतको बिभिन्न राज्य तथा प्रदेश १ को बिभिन्न स्थानबाट आएका साहित्यकारहरुले आ–आफ्नो रचना प्रस्तुत गरेका थिए । 

कार्यक्रममा जनप्रतिनिधि , संघ संस्थाका  तथा राजनीतिक दलका प्रतिनिधिहरु लगायतको बाक्लो उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालनद्धय सुनीता तामाङ र एलसी श्रेष्ठले गरेका थिए ।