इंग्ल्यान्ड फिफा महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ । आज भएको खेलमा सह–आयोजक अष्ट्रेलियालाई ३–१ गोल अन्तरले हराउँदै इङल्याण्ड पहिलो पल्ट महिला विश्वकप फुटबलको फाइनलमा प्रवेश गरेको छ ।

स्टेडियम अष्ट्रेलिया सिड्नीमा भएको खेलमा इंग्ल्यान्डलाई जित दिलाउन एला टुन, लौरेन हेम्प र एलेसिया रुसोले गोल गरिन् । अष्ट्रेलियाकी कप्तान सामन्था खेरले एक गोल फर्काइन् । टुनले ३६औँ, हेम्पले ७०औँ र रुसोले ८६औँ मिनेटमा गोल गरिन् ।

अष्ट्रेलियाकी खेरले ६३औं मिनेटमा गोल गरिन् । अब इंग्ल्यान्डले उपाधिका लागि अगष्ट २० मा स्पेनसँग प्रतिस्पर्धा गर्नेछ । मंगलबार भएको खेलमा स्वीडेनलाई २–१ ले हराउँदै स्पेन फाइनलमा पुगेको हो । सह–आयोजक अष्ट्रेलियाले १९ अगस्टमा तेस्रो स्थानका लागि स्वीडेनसँग खेल्नेछ ।