बिर्तामोड–

झापाको बिर्तामोडमा दोस्रो एकता स्पोर्टिङ गोल्डकप फुटवल प्रतियोगिता २०८० हुने भएको छ । बिर्तामोड –२ को एकता स्पोर्टिङ क्लवको आयोजनामा असोज २५ गतेदेखि कात्तिक ३ गतेसम्म फुटवल प्रतियोगिता गर्न लागिएको क्लवका अध्यक्ष किरण पौडेलले जानकारी दिए । 

बीर अमरसिंह माविको खेल मैदानमा सञ्चालन हुने प्रतियोगिता नकआउट प्रणालीका आधारमा हुने छ । प्रतियोगितामा झापा जिल्लाभरका आठ वटा टीमको सहभागिता रहने आयोजकको भनाई छ ।

kiran pic 

प्रतियोगिताको बिजेताले एकलाख ११ हजार एकसय ११ र   दोस्रो हुनेले ५५ हजार पाँचसय ५५ रुपैयाँ प्राप्त गर्ने आर्थिक समितिका सदस्य लक्ष्मीप्रसाद घिमिरेले जानकारी दिए । 

व्यवसायिक खेलाडी उत्पादनको लक्ष्य राखेर स्थापना भएको क्लवले आवश्यक स्रोत जुटाउन प्रतियोगिता   सञ्चालनको तयारी गरेको क्लवको टेक्निकल कमिटीका अध्यक्ष माधव खरेलले बताए । 

 हाल क्लवले १६ वर्ष भन्दा मुनिका बालबालिकालाई प्रशिक्षण दिइरहेको जनाइएको छ । व्यवसायिक खेलाडी उत्पादनको लक्ष्य राखेर चलाइएको प्रशिक्षणले धेरै बालबालिका लाभान्वित भएको पनि क्लबले जनाएको छ । 

पत्रकार सम्मेलनमा टेक्नीकल कमिटीका सदस्यहरु देवी काफ्ले, राजन सिलवाल, रमेश उप्रेती, आर्थिक समितिका सदस्य गोविन्द गिरी, बिर्तामोड नगर खेलकुद विकास समिति वडा नम्वर २ की अध्यक्ष तथा क्लबो सदस्य  कमला लिम्वू ,क्लबका सदस्य मोहनप्रसाद कोइरालालगायतको उपस्थिति रहेको थियो ।