भद्रपुर । प्रादेशिक अस्पताल भद्रपुरको मेडिकल सुपरिटेन्डेन्टमा डाक्टर रामबावु खडका नियुक्त भएका छन् ।  वरिष्ठ कन्सल्टेन्ट सर्जन डा .खडकालाइ कोशी प्रदेशको मुख्यमंन्त्री कार्यालयले हाललाइ निमित्त मेडिकल सुपरिटेन्डेन्ट नियुक्त गरेको हो ।

सोहि अस्पतालमा कार्यरत डा. खडकालाइ मेसुमा नियुक्त गरेको पत्र मंगलवार प्राप्त भएको जनाइएको छ ।

झापाको भद्रपुर नगरपालिका १० स्थित चन्द्रगढी निवासी डा .खडका लामो समयदेखि झापाका बिभिन्न नीजि अस्पतालमा पनि सेवा प्रवाह गर्दै आएका छन् ।