झापाको बिर्तामोड १ स्थित मनकामना बिद्यालयले प्राविधिक शिक्षा विद्यार्थीलाई दिन शुरु गरेको छ ।  विद्यालयले कक्षा ८ र ९ का बिद्यार्थीको क्षमता अभिबृद्धि गर्ने उदेश्यले इलेक्ट्रीशियन, प्लम्बीङ, मोटरसाइकल मर्मत, ब्यूटीशीयन, बिल्डिङ तथा कन्स्ट्रक्शन निर्माण सम्बन्धी  महिनामा एक दिन प्राविधिक शिक्षा प्रदान गर्न शुरु गरेको जनाएको हो । 

किताबी ज्ञान मात्र नभएर  बिद्यार्थीको क्षमतामा निखार ल्याउंदै सामान्य आफ्नालागि आवश्यक काम आफैं गर्न सक्ने गरि दक्ष बनाउन प्राविधिक शिक्षा सुचारु गरिएको विद्यालयका प्रधानाध्यापक केशव ढुङ्गानाले बताए । 

प्रधानाध्यापक केशव ढुङ्गानाका अनुसार बिद्यार्थीलाई ब्यूटीशियन अन्तरगत हेयर केयर, स्कीन केयर र मेकअप सम्बन्धीका कुरा सिकाइने  छ । 

‘बुक फ्रि डे’ अन्तरगत महिनामा एक दिन कक्षा ८ र ९ मा अध्ययनरत बिद्यार्थीलाई १४÷१४ जनाको समुह बनाएर प्राविधिक शिक्षा दिन थालिएको हो ।  

बिद्यालयका प्रधानाध्यापक ढुङ्गानाले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा शैक्षिक कोडीनेटर शारदाप्रसाद थपलियाले बिद्यार्थीलाई आइपर्ने सामान्य प्राविधिक समस्याहरु आफै हल गर्न सकुन भन्ने हेतुले  बिद्यालयले प्राविधिक शिक्षालाई जोड दिएको बताए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी तथा बालबालिका तथा शिक्षा सञ्चार मञ्च झापाका अध्यक्ष सरोज पौडेलले गरेका थिए ।