दुई संस्करण सम्पन्न पथरी गोल्ड कप र पथरी शनिश्चरे प्रिमियर लिग फुटवल प्रतियोगिता संचालन हुन नसकि रहेको अवस्थामा चौथो संस्करणको पथरीशनिश्चरे प्रिमियर क्रिकेट लिग हुने भएको छ । नगरका प्राय सबै वडामा फटवल खेल मैदान छ खेलाडी पनि धेरै छन तर प्रतियोगिता हुन सकेको छैन तर कार्तिक १० वाट पथरीशनिश्चरे प्रिमियर लिग हुने पक्का भएको छ ।

दुई सस्करण सफल भएको प्रतियोगिताले पछिल्लो हिसाव सावर्जनीक गर्न सकेको छैन । यता पथरीशनिश्चरे प्रिमियर लिग क्रिकेट समितिले भने दुख सुख तेस्रो संस्करण सम्म प्रतियोतिता सम्पन्न गरेको छ । समितीले कार्तिक १० वाट हुने प्रतियोगिता बारेमा शनिवार पत्रकार सम्मेलन गर्दै जानकारी दिएको हो । प्रतियोगीता प्रस्तावित पथरी रंगशालामा १४ दिन सम्म सन्चालन हुने छ ।

प्रतियोगीतामा ७ विभिन्न फ्रेन्चाइज क्लबले सहभागीता जनाउने छन् । असोज ६ गते हुने अक्सनमा ७ क्लबले कम्तीमा १४ खेलाडी अनुबन्धन गर्न पाउने आयोजकका सचिव राकेश राईले पत्रकार सम्मेलनमा जानकारी दिए । यस पटकबाट पथरीशनिश्चरे नगर वाहिरका खेलाडीलाई समेत क्लबले अनुवन्धन गर्न पाउने भएको छ । एक क्लबले ४ जना खेलाडी अनुबन्धन गर्ने छन भने २ खेलाडीलाई ‘प्लेइङ्ग एलाभेन’मा समेटन सक्ने छन् ।

प्रतियोगीताको विजेताले ट्रफि सहित नगद १ लाख ३१ हजार १ सय ११ प्राप्त गर्ने छन् भने दोश्रो हुने क्लबले ७१ हजार १ सय ११ रुपयाँ प्राप्त गर्ने छन् ।

स्थानीय क्रिकेट खेलाडीको उत्पादन गर्न र क्रिकेट प्रतिभा पहिचान गर्न चौथो संस्करणको क्रिकेट लिग प्रतियोगीता आयोजना गरिन लागेको सचिव राकेश राईले जानकारी दिए ।  प्रतियोगीता सम्पन्न गर्न करिव १० लाख लागत लाग्ने आयोजकले जनाएको छ ।