आईसीसी यू–१९ विश्वकप क्रिकेटमा नेपाल समूह ‘डी’मा परेको छ । श्रीलंकामा आयोजना हुने यू–१९ विश्वकपमा नेपाल, पाकिस्तान, अफगानिस्तान र न्युजिल्यान्डसँगै समूह ‘डी’मा परेका हुन् ।

समूह ‘डी’ को शीर्ष ३ मा पर्ने टोलीले समूह ‘ए’ मा भएका अमेरिका, आयरल्यान्ड, भारत र बङ्गलादेशमध्येका २ टोलीमा समूह चरणमा प्रतिस्पर्धा गर्नेछ । नेपालले आफ्नो पहिलो खेल न्युजिल्यान्डसँग पुस २८ गते प्रतिस्पर्धा गर्नेछ ।

दोस्रो खेलमा पाकिस्तानसँग माघ ३ मा प्रतिस्पर्धा खेल्नेछ । माघ ६ गते अफगानिस्तानसँग प्रतिस्पर्धा गर्नेछ । सहभागी १६ टोलीलाई ४ समूहमा विभाजन गरिएको छ । गत फेब्रुअरी–मार्चमा आयोजना भएको छनोट प्रतियोगिता जितेर नेपालले यू–१९ विश्वकपको लागि स्थान पक्का गरेको थियो ।