कांकरभिट्टामा  प्रतिबन्धित लागूपदार्थ खैरो हिरोइन सहित प्रहरीले एक जनालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका १२ घर भई बिर्तामोड २ मा डेरा गरी बस्ने बर्ष ३९ को बिशाल पाण्डेलाई प्रहरीले आज बुधबार पक्राउ गरेको हो । 

प्रहरीले मचीनगर ६ मा चेकजाँच गर्दा भारतबाट स्कुटर चढेर आएका पाण्डेका साथबाट १० ग्राम ५ सय मिलिग्राम लागु औषध (खैरो हिरोइन)  फेला परेको प्रहरी स्रोतले जनाएको छ । पक्राउ परेका पाण्डे कारोबारी भएको जनाइएको छ ।

पाण्डे जुत्तामा लुकाई छिपाई लागु औषध ल्याएका थिए । प्रहरीले गोप्य सुचनाका आधारमा उनलाई पक्राउ गरेको हो ।  उनलाई लागु औषध नियन्त्रण ब्यूरो कार्यालय शाखा कांकरभीट्टाबाट खटिएको प्रहरीले पक्राउ गरेको जनाइएको छ ।