विश्व दृष्टि दिवसको अवसर पारेर मेची आँखा अस्पतालले दृष्टिविहीनलाई आज बुधबार सेतो छडी वितरण गरेको छ । 

बिर्तामोड ३ मा रहेको अस्पतालले मोरङ नेत्रहिन संघ र बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थालाई सेतो छडी तथा प्रिन्टर सहयोग गरेको हो । 

एक संक्षिप्त कार्यक्रमका बिच अस्पतालका अध्यक्ष जलकुमार गुरुङ र सचिव गणेश पोखरेलले सेतो छडी र प्रिन्टर वितरण गरेका हुन् । सामाग्री हस्तानतरण गर्दै अस्पतालका अध्यक्ष गुरुङले सामाजिक उत्तरदायित्व अन्तरगत  विश्व दृष्टि दिवसका अवसरमा यो वर्ष पनि विगतका वर्षहरुमा झैं नेत्रहिनहरुलाई सहयोग गरिएको बताए । 

अस्पतालले प्रदान गरेको प्रिन्टर बिर्तामोड अपाङ्ग स्वावलम्वन संस्थाका अध्यक्ष दीपक थापाले ग्रहण गरेका थिए । त्यस्तै सेतो छडी मोरङ नेत्रहिन संघकी अध्यक्ष सीता वराइलीले ग्रहण गरेकी थिइन् ।

66669

 सोही अवसरमा अस्पतालकी कर्मचारी कौशिल्या दाहालले वुवा काँशीनाथ दाहालको स्मृतिमा मोरङ नेत्रहिन संघलाई सेतो छडी प्रदान गरेकी थिइन् ।

अस्पतालका मेडिकल डाइरेक्टर डा. पुरुषोत्तम जोशीले स्वागत गरेको कार्यक्रममा अपाङ्ग स्वावलम्वन संस्थाका अध्यक्ष थापा, मोरङ नेत्रहिन संघकी अध्यक्ष वराईली ले अस्पताललाई धन्यबाद प्रकट गरेका थिए । 

कार्यक्रममा अस्पतालका प्रशासकीय अधिकृत आलोक श्रेष्ठ, प्रशान्त श्रेष्ठ सहित कर्मचारीहरुको उपस्थिति रहेको थियो । कार्यक्रमको सञ्चालन अस्पतालका स्वाथ्य शिक्षा कार्यक्रम संयोजक युवराज वोहोराले गरेका थिए ।