एक्सपर्ट एजुकेसन एन्ड भिसा सर्भिसेजले झापाको दमकमा आफ्नो शाखा बिस्तार गरेको छ । नेपालको २० औँ शाखाको रूपमा आइतबार आजदेखि एक्सपर्ट एजुकेसनको शाखा दमकमा सञ्चालनमा ल्याइएको  हो ।  दमक नगरपालिकाकी उपप्रमुख रेगिना भट्टराईले एक कार्यक्रमकाबिच एक्सपर्टको शाखाको उद्घाटन गरिन् ।

दुई दशकदेखि विद्यार्थीलाई शैक्षिक परामर्शको काम गर्दै आएको अस्ट्रेलियाको सिड्नीमा मुख्य कार्यालय रहेको एक्सपर्टले अस्ट्रेलियालगायत विदेशमा अध्ययन गर्न चाहने विद्यार्थीलाई परामर्श र भिसाका लागि प्रक्रियामा सहजीकरण गर्दै आएको संस्थाका नेपाल डाइरेक्टर खेम संग्रौलाको भनाई छ । 

झापाको माईपश्चिमका विद्यार्थीको सुविधालाई ध्यानमा राखेर दमकमा  शाखा सञ्चालनमा ल्याइएको संस्थाका नेपाल डाइरेक्टर संग्रौलाले जानकारी दिए । विश्वभर २० वटा मुलुकमा शाखा रहेको एक्सपर्टमा नेपालमा ८०० जना कर्मचारीले सेवा प्रदान गर्दै आएका छन् ।

विद्यार्थीलाई पहिलो दिनदेखि सेटलमेन्टसम्म सहजीकरण गर्ने गरिएको संग्रौलाले बताए । कार्यक्रममा प्रमुख अतिथि उपप्रमुख भट्टराई, सेवाग्राही केशव ओझा, दमकका ईन्द्रबहादुर गुरुङ, आस्था कलेजका प्रमुख टेकनाथ भण्डारी लगायतले शुभकामना मन्तव्य राखेका थिए ।

संग्रौलाको अध्यक्षतामा भएको कार्यक्रमा स्वागत अभिचन्द्र प्रसाईंले गरेका थिए भने सञ्चालन पत्रकार केशव भट्टराईले गरेका थिए ।