बिर्तामोड  : बिर्तामोडमा भोजपुर झापा सम्पर्क समाज गठन भएका छन् । भोजपुर जन्मथलो भई झापामा बसोबास गर्दै आएकाहरुको  आज शनिवार बिर्तामोडमा भएको भेलाले भोजपुर झापा सम्पर्क समाज गठन गरेको हो । बलराम कार्कीको अध्यक्षतामा १५ सदस्यीय तदर्थ समिति सर्वसम्मत गठन भएको छ ।

समितिको उपाध्यक्षमा नगेन्द्र शंकर, सचिवमा मेघराज बास्तोला, कोषाध्यक्षमा गणेश कार्की रहेको छन् ।  त्यस्तै सदस्यमा केशवकुमार ताम्राकार, रमेश पोर्तेल, केदार रायमाझी, उर्मिला ढकाल पोखरेल, एलबिन्द्र खत्री, सुव्रत न्यौपाने, छत्रबहादुर श्रेष्ठ, भक्तबहादुर कार्की, सञ्जु भारती, मनु विश्वकर्मा र सुशिला कार्की सर्वसम्मत चयन भएका छन् । 

20231111_125344

भेला आयोजक समितिका संयोजक प्रमेशकुमार हलुवाईको अध्यक्षतामा भएको कार्यक्रममा हर्कलाल गिरीको प्रमुख आतिथ्य रहेको थियो । 

स्वागत गोबिन्द कार्कीले गरेको कार्यक्रममा औचित्यमाथि प्रकाश पत्रकार सुब्रत न्यौपानेले प्रस्ट पारेका थिए भने सञ्चालन मेघराज बास्तोलाले गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि गिरी, डा. सन्ध्या कार्की बस्नेत, बलराम कार्की, रन्जिता कार्की, मिना खड्का, छत्रबहादुर श्रेष्ठलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रममा तिहार, छठ पर्व तथा नेपाल सम्वत् पर्वहरुको अवसरमा शुभकामना आदान–प्रदानसहित चियापान समेत आयोजना गरिएको  थियो ।