झापा ।
झापाको बिर्तामोडमा साहित्यिक कार्यक्रम ‘सप्तरङी भाग ४’ को समापन भएको छ । साहित्य र संस्कृतिका क्षेत्रमा कृयाशिल झापाली साहित्य समाजले आज शनिबार बिर्तामोडमा सप्तरङ्गी कार्यक्रम आयोजना गरेको हो । फरक शैलीमा आयोजना हुँदै सप्तरङी ७ विधाका ७ जना स्रष्टालाई समेटेर हरेक वर्ष कार्यक्रम गर्दै आइएको समाजका अध्यक्ष हरी बरालले जानकारी दिए । २०७५ सालबाट प्रत्येक बर्ष दीपावली तथा छठ पर्वको अवसर पारेर कार्यक्रम गरिंदै आएको अध्यक्ष बरालको भनाई छ ।

साहित्यको माध्यम बाट समाज लाई सकारात्मक बाटोमा डोर्याउन र संस्कृतिको बिकास गर्ने उदेश्यले २०७१ सालमा समाजको स्थापना गरिएको बताइएको छ ।
कार्यक्रममा कविता तर्फ कवि तुलसी प्रसाद भट्टराई र गद्य कवितातर्फ कवि डिजी शर्माको प्रस्तुति रहको थियो ।
त्यसैगरी, मुक्तकतर्फ मुक्तककार मदन भण्डारी र गीततर्फ आयुष घिमिरेले गायन प्रस्तुत गरेका थिए । यस्तै स्वतन्त्र गजलमा गजलकार राज यात्री लम्साल र बहर गजलमा गजलकार दीप प्रदीपको प्रस्तुति सुनेर सहभागीहरुले ताली पिटेका थिए । रचना वाचनसँगै कार्यक्रममा बाल कलाकार साया सुवेदीले नृत्य प्रस्तुत गरेकी थिईन ।
कार्यक्रममा अग्रज साहित्यकारहरु प्रकाश बुढाथोकी, केशव आचार्य, शिव शंकर थापा, गजलकार विवश बलिभद्र कोईराला, लिला अनमोल लगायतको उपस्थिती रहेको थियो ।