बिर्तामोड ३ स्थित बिर्ताबजारमा  छठ पर्वको तयारी तिब्र पारिएको छ ।  बिर्ताबजारको अदुवा खोलामा छठ पर्वको तयारी अन्तिम चरणमा पुगेको  आयोजक नेपाल मधेशी समाज सेवा समितिका रामेश्वर मण्डलले आज शनिबार सांझ पुजा स्थलमा आयोजित पत्रकार भेटघाटमा जानकारी दिए ।  

उनले छठ घाट निर्माण कार्यलाई तीव्रता दिईएको र करिब ९० प्रतिशत कार्य सम्पन्न भईसकेको बताए । घाटमा पण्डाल निमार्ण, सरसफाई लगायतका काम अहिले धमाधम भइरहेको छ । 

उनका अनुसार छट घाट करिब ४ सय फिट लम्बाईको बनिसकेको छ ।  उनले यस वर्षको छठमा ब्रतालु र श्रद्धालु गरेर हजारौंले  अवलोकन गर्ने अनुमान रहेको बताए ।

अदुवा खोलाको दुबै किनारमा गरि करीब २ सय बढी घाट निमार्ण गरिसकिएको आयोजक समितिका संयोजक संजयकुमार शर्माले जानकारी दिए । उनका अनुसार एउटा घाटको ५ सय रुपैंया सेवाशुल्क तोकिएको  छ । शुल्क तिर्न नसक्ने बिपन्नकालागि भने निशुल्क पुजास्थल (घाट) उपलब्ध गराइने जनाइएको छ ।  

oooo

पत्रकार भेटघाटमा आयोजक नेपाल मधेशी समाज सेवा समितिका सह–सचिव प्रकाश महत्तो, बरिष्ठ सल्लाहकार दिलिप सिंह, कोषाध्यक्ष कला राउत, सदस्य किशु शाहा, सदस्य मोहन झा, अमर पट्टेल लगायतको उपस्थिती रहेको थियो । 

केही वर्ष अघिसम्म पनि छठ तराईमा त्यो पनि मधेसी समुदाय र हिन्दु धर्मावलम्बीमा सीमित थियो। तर, पछिल्लो समय विभिन्न धर्म, समुदाय, जातजातिका मानिसहरुले सँगै बसेर मनाउन थालेपछि जिल्लामा रहेका बिभिन्न नदीनाला तालतलैयामा छठका बेला थामिनसक्नु भीड हुन्छ ।  छठको तयारीका लागि अदुवा खोलाको तट सिगारिन थालिएको छ अदुवा खोलामा प्राय सबै समुदाय एक आपसमा मिलेर बर्षौंदेखि भव्य रुपमा छठपर्व मनाउंदै आएका छन् । 

9

चार दिनसम्म मनाइने छठ पर्वको पहिलो दिन व्रतालुहरु नुहाएर अरबा अरबाइन भोजन गर्ने गर्दछन् भने दोश्रो दिन साँझ प्रसादको रुपमा चामल, सक्खर र दूध मिलाएर बनाएको खीर ग्रहण ग्रहण गरी खरना गर्दछन् ।

त्यस्तै तेश्रो दिन अस्ताउँदो सूर्यलाई अर्घ्य दिन तयार पारेको पूजा सामग्री घाटमा लगेर पूजा गर्ने गरिन्छ भने भने चौथो दिन बिहान उँदाउँदो सूर्यको अर्घ्य दिएपछि छठपर्वको विधिवत समापन हुन्छ । छठ पर्वमा बाँसको ढाकी, डग्री, माटोको कोसिया कुरबार, हात्तीलगायतका सामग्रीहरु चढाइन्छ ।

त्यस्तै मंसिर ३ गते समितिले सांझ सांगितिक कार्यक्रम समेत गर्ने जनाएको छ ।  क्यानसर रोगबाट पीडित समुन्द्री माझी को सहयोगयार्थ पनि कार्यक्रम गर्न लागिएको जनाइएको छ । सांगितिक कार्यक्रममा माझीको उपचारमा सहयोग पु¥याउन  एउटा डोनेशन बक्स राखिने पनि आयोजकले जनाएको छ ।