अर्जुनधारा नगरपालिकालाई तयार पारिएको आवधिक नगर विकास योजना हस्तान्तरण गरिएको छ ।  अर्जुनधाराबासी हाल सभामुख देवराज घिमिरेको सचिवालयमा कार्यरत केशवराज ढुङ्गेलले तयार पारेको आवधिक नगर विकास योजना हस्तानतरण गरिएको हो । 

आज सोमबार नगरपालिकाको सभाहलमा भएको एक समारोहमा कार्यक्रमका पमुख अतिथि देवराज घिमिरे तथा योजनाका सहजकर्ता ढुङ्गेलले उक्त पुस्तक नगर प्रमुख बलदेव सिंह गोम्देनलाई हस्तानतरण गरेका हुन् । 

अर्जुनधारा नगरले प्रत्येक बर्ष आवधिक योजनाकालागि बजेट बिनियोजन गर्दै आएको भए पनि काम हुन सकेको थिएन । ढुङ्गेलले नगरलाई निशुल्क उक्त आवधिक योजना प्रदान गरेका हुन् । उक्त योजनाकालागि नगरले छुट्याएको ४० लाख रुपैंया बजेट अन्य विकास निमार्णका काममा खर्चिन समेत सहजकर्ता ढुङ्गेलले नगरलाई आग्रह  गरेका छन् ।  नगरबासी भएको हैसियतले सामाजिक उत्तरदायित्व वहन गर्दै आफुले योजना तयार पारेर नगरलाई प्रदान गरेको उनले बताए ।  

mama 2 pic yojana

अर्जुनधारा नगरपालिकाको परिकल्पना, लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिको निर्माण, पालिकाका सवल पक्षहरु, सुधार गर्नुपर्ने पक्षहरु, अवसरहरु र चुनौतीहरुको विश्लेषण, विषयगत समितिको नेतृत्वमा लक्ष, उदे्श्यहरु, रणनीति र कार्यनीतिहरुको निर्माण र  विषयगत समितिहरुको सोच, लक्ष लगायतका बिषय बस्तु आवधिक योजनामा समेटिएको सहजकर्ता ढुङ्गेलको भनाई छ । 

साथै उनले अर्जुनधाराको भौतिक पूर्वाधारको विकासलाई व्यवस्थित गर्न, रोजगारीका अवसरहरु सृजना गर्न र कृषि पेशालाई सम्मानित पेशाको रुपमा रुपान्तरण गर्न बृहत, दिर्घकालिन र व्यवस्थित योजना तर्जुमाको खाँचो महशुस गरेर आफुले नगरलाई निशुल्क तयार पारिदिएको बताए । 

उनले शिक्षा, स्वास्थ्य, प्रविधि, कृषि, खेलकुद, रोजगारी लगायतका बिषय योजनामा समेटेका छन् । त्यस्तै नगरप्रमुख गोम्देनले नगरले आवधिक योजनाकालागि छुट्याएको बजेटले शनिश्चरे बजारमा अत्याधुनिक सुविधा समपन्न शौचालय निमार्ण गरिएको बताए । नगरलाई निशुल्क योजना सहितको पुस्तक हस्तातरण गरेको प्रति उनले ढुङ्गेलप्रति आभार सहित उनको प्रशंसा गरेका छन् ।