हल्दीबारी । 

झापाको हल्दीबारी गाउँपालिकाले माघ १५ गते सार्वजनिक बिदा दिने भएको छ । सन्थाल  जातिको भाषा, धर्म, संस्कृति लोप हुने अवस्थालाई दृष्टिगत गरी यसको संरक्षण र प्रवर्द्धन गर्न सार्वजनिक बिदाको लागि पालिका समक्ष माग गरिएसंथै पालिकाले  स्थानीय बिदा दिएको हो । 

 सूचना जारी गर्दै माघ १५ गते सोमबारका दिन हल्दीबारी गाउँपालिकाको कार्यालय र अन्तर्गत रहेका वडा कार्यालयहरु, स्वास्थ्य संस्थाहरु तथा बिद्यालयहरुमा एक दिन स्थानीय सार्वजनिक विदा दिने निर्णय गरेको उल्लेख छ । 

गत माघ १० गतेको कार्यापलिका बैठकबाट निर्णय भए अनुसार सम्बन्धित सबैको जानकारीका लागि सूचना प्रकाशित गरिएको पालिकाका प्रमुख प्रशासकीय अधिकृत मानबहादुर वन  महेन्द्रद्धारा हस्ताक्षरित जारी सूचनामा उल्लेख छ ।