बिर्तामोड । 

झापाको बिर्तामोड–५ स्थित न्युटन्स एजुकेशन एकाडेमीले २१ औं बार्षिकोत्सव कार्यक्रम गरेको  छ । आज सोमबार विद्यालयका संस्थापक प्रिन्सिपल हरीकुमार प्रसाईको स्मरण तथा २१ औं बार्षिकोत्सवको अवसरमा विद्यालयले रक्तदान कार्यक्रम गरेको हो । 

बिर्तामोड स्थित हनुमान कमप्लेक्स अगाडि विद्यालयले रक्तदान कार्यक्रम गरेको थियो । पछिल्लो समय जिल्लामा रगतको अभाव भइरहेको जानकारी रेडक्रशबाट प्राप्त भए पश्चात रगतको आपुर्तीमा केहि सहजता प्रदान गर्न विद्यालयले सामाजिक उत्तरदायित्व वहन गर्दै रक्तदान कार्यक्रमको आयोजना गरेको विद्यालयका प्रिन्सिपल देबेन्द्र हुंमागांईले जानकारी दिए । विद्यालयले रक्तदानसहित अन्य बिविध कार्यक्रम पनि गरेको थियो ।  

WhatsApp Image 2024-01-29 at 06.03.32 (1)

कार्यक्रममा १३८ जनाले  रक्तदान गरेका थिए । साथै  कार्यक्रममा  नगर स्तरीय निबन्ध लेखन प्रतियोगितामा बिजेता भएकाहरुलाई घोषणा गरिएको पुरस्कार वितरण गरिएको  थियो ।  प्रथम हुने बाल्मिकी स्कुल कक्षा १० कि मनिका भण्डारी, दोस्रो मोहनमाया माबि कक्षा १० का प्रज्ञान खनाल, तेस्रो तक्षशीला स्कुल कक्षा ८ की सृष्टि कट्टेल र सान्तवना न्युटन्स एजुकेशनकी कक्षा ९ की श्रेयसी कार्कीलाई क्रमश ७ हजार ५ सय, ६ हजार ५ सय, ५ हजार ५ सय र २ हजार ५ सय नगदसहित प्रशंसापत्रले पुरस्कृत गरिएको थियो । 

उनीहरुलाई बिद्यालय ब्यवस्थापन समितिकी अध्यक्ष धर्मा पराजुली प्रसाई कार्यक्रमको प्रमुख अतिथि  बिर्तामोड नगरपालिकाकी नगर प्रमुख पवित्रा महतरा प्रसाई लगायतले प्रशंसापत्र सहित नगद प्रदान गरेका थिए ।  

fadaa3fc-a2d4-46ff-b95f-5b793bd259e4

त्यसैगरी बिर्तामोड–७ मा रहेको शहिद नेत्र पार्क रंगरोगनका लागि ५० हजार रुपैयाँ बराबरको रंगसमेत सुन्दर निचाझोडा सामुदायिक बनका अध्यक्ष बद्री प्याकुरेललाई प्रदान गरेको थियो । 

बिद्यालय ब्यवस्थापन समिति अध्यक्ष धर्मा पराजुली प्रसाईको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत तथा औचित्यमाथि प्रकाश बिद्यालयका पिन्सिपल देबेन्द्र हुमागाई पारेका थिए । 

हाल कक्षा नर्सरीदेखि १२ सम्म सञ्चालन रहेको  बिद्यालयमा हाल १ हजार ६ सय बिद्यार्थी अध्ययनरत छन् ।  १ सय ६० जना शिक्षक, कर्मचारी कार्यरत रहेको बिद्यालयको  भौतिक संरचनामा ६ वटा भवन ४ वटा घरहरु रहेको जनाइएको छ । 

बिद्यालयमा बाल क्लव, टुरिज्यम क्लब, स्काउट गरेर तीन वटा क्लबमार्फत बिद्यार्थीहरुलाई सामाजिक क्षेत्रमा चलायमान गराइरहेको विद्यालयले जनाएको छ ।  

कार्यक्रममा प्रमुख अतिथि नगर प्रमुख प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर शिक्षा प्रमुख तिलोचन भण्डारीलगायतले शुभकामना मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन सञ्चारकर्मी सरोज पौडेलले गरेका थिए ।