बुद्धशान्ति ।
झापाको बुद्धशान्ति गाउँ पालिकाका ७ बटै वडामा जेष्ठ नागरिक चौतारी भवन निर्माण गरिएको छ । सहारा नेपाल साकोसको सहयोगमा जेष्ठ नागरिक चौतारी निमार्ण गरिएको हो ।
आज सोमबार बुद्धशान्ति ५ मा निर्माण गरिएको चौतारीको उद्घाटन गरिएको छ । गाउँ पालिका अध्यक्ष मनोज प्रसाईले एक कार्यक्रमका बिच जेष्ठ नागरिक चौतारीको उद्घघाटन गरेका हुन् ।
सहारा नेपाल साकोसको ७ लाख , बुद्धशान्तिपालिकाको १० लाख र जनसहभागिताबाट १ लाख ८० हजार गरी करीब १८ लाख ८० हजारको लागतमा बुद्धशान्ति ५ मा सहारा साकोस शान्तिनगर जेष्ठ नागरिक चौतारी निमार्ण गरिएको साकोसका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरीले जानकारी दिए ।
बुद्धशान्तिका सबै बडामा चौतारी भवन निमार्ण पश्चात संचालनमा आएको पालिकाले जनाएको छ ।
झापाको चारपानेमा मुख्य कार्यालय रहेको देशकै नमुना सहकारी सहारा नेपाल साकोसले सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तरगत चौतारी धेरै बर्षदेखि नै निमार्ण गर्दै आएको कार्यकारी प्रमुख गिरीले जानकारी दिए ।
गिरीका अनुसार साकोसले हाल सम्म जिल्लाका बिभिन्न पालिकामा २५ बटा जेष्ठ नागरिक चौतारी निर्माण गरिसकेको छ । यो वर्ष थप ५ वटा चौतारी निर्माण गरिने योजना रहेको संस्थाले जनाएको छ ।
पछिल्लो समय घर परिवारबाट एक्लींदै जान थालेका जेष्ठ नागरिकलाई संरक्षण संगै उनीहरुको सहजतकालागि संस्थाले जेष्ठ चौतारी निमार्णको योजना अघि सारेको कार्यकारी प्रमुख गिरीको भनाई छ ।
जेष्ठ नागरिकको जीवन यापन तथा दैनिकी सहजताकालागि तथा भलाकुसारी गर्न सहज होस भन्ने हिसाबले संस्थाले यो योजना अघि सारेको उनको भनाई छ ।
संस्थाको सहयोगमा निमार्ण गरिएका फ्रि वाइफाई जडित चौतारी भवनमा जेष्ठ नागरिकहरु समय कटाउन , आराम गर्न र देशभित्र तथा बाहिर रहेका आफन्तसंग इन्टरनेटको माध्यमबाट आफन्तहरुसँग कुराकानी गर्न जम्मा हुने गर्छन ।