आदर्श स्कुल अफ म्यानेजमेन्ट  ,बिर्तामोडको आयोजना ,सुरुवाती कोठा नेपाल ,झापा ,प्यासिफिक एसिया ट्राभल एसोसिएसन स्टुडेन्ट च्यापटरको सह आयोजनामा एक दिने महिलाहरुका लागि पाठेघरको क्यान्सर सम्बन्धि अभिमुखीकरण कार्यक्रम गरिएको छ ।  

स्त्रीरोग तथा क्यान्सर रोग बिशेषज्ञ डा. प्रीयंका कटुवालले विद्यार्थी हरुलाई क्यान्सर रोग कसरी हाल्छ र त्यसका बारेमा जानकारी दिएकी थिइन। साथै डा. कटुवालले विद्यार्थीले राखेको जिज्ञासाको सहजीकरण गरेकी थिइन । 

अग्रेजी महिना जनवरी लाई पाठेघर क्यान्सर विरुद्ध को अभियान का रुपमा मनाउने गरिए बमोजिम पाठेघर को क्यान्सर हुनै नदिन का बारे मा सचेत बन्न आग्रह गरेकी थिइन् । 

421277471_407447365001638_3589450876002384566_n

उनले अबिकशित देशका महिलामा पाठेघर को क्यान्सर ज्यादा देखिन थालेको कारणले यस तर्फ सचेत बन्नु पर्नेमा जोड दिइन। 

उनले बालिका तथा किशोरीमा पाठेघरको मुखको क्यान्सर विरुद्धको खोपको बारेमा समेत बताएकी थिइन। कार्यक्रममा कलेजका ३ सय बढी विद्यार्थीहरुको सहभागीता रहेको थियो । 

कार्यक्रममा विद्यार्थीहरु सेम्भी दाहाल ,समीर धमला ,मुना सेन्चेरी ले पाठेघर को क्यान्सर बारे मा जिज्ञासा राखेका थिए । 

 किरण बस्नेतले  कार्यक्रमको ब्यवस्थापन र  कार्यक्रमको संचालन कलेजका अतिरिक्त क्रियाकलाप संयोजक दीपक दासले गरेका थिए।