मेचीनगर । झापाको मेचीनगर नगरपालिकामा माटो बचाउँ राष्ट्रिय अभियान अन्तर्गत अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । मेचीनगर नगरपालिकाको आयोजना तथा माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा।लि प्राविधिक सहयोगमा आयोजित एकदिने अन्तरक्रिया कार्यक्रममा नगर क्षेत्रका जनप्रतिनिधि, किसान, कृषक समुहलगायतको सक्रिय सहभागीता रहेको थियोे ।

कार्यक्रममा बोल्दै नगर प्रमुख गोपालचन्द्र बुढाथोकीले अहिलेको वर्तमान परिवेशमा नागरिक जागरूक नहुने हो भने कृषि क्षेत्र बिकराल बन्दै गइरहेको बताए । अब पनि सबै जागरूक नबन्ने होभने यस बिषयले बिकराल रूप लिने निश्चित रहेको बताउँदै त्यसलाई रोक्न सबै लाग्नुपर्ने उनको भनाइ छ ।

जबसम्म आयतित बस्तुलाई निरूस्ताहित गरेर आफ्नै देशको उत्पादनले जिवन निर्वाह गर्ने वातावरण सृजना हुदैन तबसम्म देश आत्मानिर्भर बन्दैन । तर, पछिल्लो समय माटोको उर्वराशक्ती क्रमश घट्दै जान थालेको उनले बताए । यसलाई रोक्न र उत्पादन बढाउन स्थानीय सरकार लागि परिरहेको बताए ।

सहभागीलाई माटोमा के कारणले समस्या उत्पन्न हदैछ र ती समस्या समाधान कसरी गर्न सकिन्छ भन्ने बिषयमा जानकारी माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा।लि का संयोजक विपि रेग्मीले गराएका थिए । उनले किसान सुखी, समृद्धि  र निरोगी रहनका लागि माटो निरोगी हुन आवश्यक रहेको बताए ।

मेचीनगर प्रमुख बुढाथोकीको अध्यक्षतामा आयोजित कार्यक्रमको औचीत्य माथि प्रकाश माइण्ड पावर एण्ड करियर डेभलोपमेन्ट इन्टरनेशनल ट्रेनिङ सेन्टर प्रा।लि का प्रमुख सल्लाहकार पदम भण्डारीले पारेका थिए ।

मेचीनगर खाद्य विश्लेषक दिपेन्द्र कार्कीले सञ्चालन गरेको कार्यक्रममा निमित्त प्रमुख प्रशासकीय अधिकृत होम भण्डारी, मेचीनगर १ का वडाध्यक्ष राजकुमार राई, ३ का वडाध्यक्ष हर्क बस्नेत, ५ का वडाध्यक्ष कनक कार्की, ७ का वडाध्यक्ष प्रल्हादमणी ओली, १० का वडाध्यक्ष नारायण खनाल, १२ का वडाध्यक्ष मधु निरौला, १५ का वडाध्यक्ष राजन भट्टराई लगायत कार्यपालिका सदस्य तथा सामाजिक विकास संयोजक हृदय राजवंशी, पुर्वाधार विकास समिति संयोजक चित्र धिमाल, लेखा संयोजक पवित्र खनाल मिजारलगायतका जनप्रतिनिधिहरूको सहभागीता रहेको थियो ।