बिर्तामोड  : झापाको बिर्तामोड–७ स्थित बेल्स मोडल स्कुलले चौथो बार्षिकोत्सव मनाएको छ ।  मंगलबार (आज) विद्यालयले बिभिन्न ब्यक्तित्वलाई सम्मानसहित सांस्कृतिक कार्यक्रम गरेर बार्षिकोत्सव मनाएको हो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष तथा संस्थापक जयकुमार प्रसाईको अध्यक्षतामा तथा सभामुख देवराज घिमिरेको प्रमुख आतिथ्यतामा कार्यक्रम गरिएको हो ।  

बिद्यालयका संयोजक देवान ढुङ्गानाले स्वागत गरेको कार्यक्रममा स्कुलको प्रगति विवरण सहित सेवा बारे बिद्यालयका प्रधानाध्यापक ताराकुमार प्रसाईले प्रस्तुत गरेका थिए । 

 ५ सय ४० जना बिद्यार्थीबाट शुरु गरेको बिद्यालयमा हाल एक हजार ७ जना बिद्यार्थी अध्ययनरत रहेको जनाइएको छ ।  बिद्यालयमा हाल ४६ जना शिक्षकशिक्षिका र २० जना कर्मचारी रहेका विद्यालय प्रशासनले जनाएको छ ।  

बिद्यालयले प्रथम अभिभावकका रुपमा दीपक कार्की र बिष्णु बस्नेत, सामाजिक ब्यक्तित्वका रुपमा नरेशप्रसाद चुडाल र पूर्व शिक्षकका रुपमा कमल भट्टराई, उषा काफ्ले र सुजता खरेललाई सम्मान गरेको छ । 

कार्यक्रममा प्रमुख अतिथि सभामुख घिमिरे, प्रदेश सांसद एकराज कार्की, चिन्तन पाठक, पूर्व मेची बहुमुखी क्याम्पसका प्रमुख उमानाथ ओलीलगायतले शुभकामना मनतब्य राखेका थिए ।  कार्यक्रमको सञ्चालन बिद्यालयका शिक्षक खगेन्द्र शिवाकोटीले गरेका थिए । 

कार्यक्रममा बिर्तामोड नगरपालिका नगर प्रमुख पवित्रा महतरा प्रसाई, प्याब्सन झापा अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर प्याब्सन अध्यक्ष उत्तम खनाल, सह–सचिव देबेन्द्र हुमागाई, अभिवावक संघका अध्यक्ष ताराकुमार चापागाईलगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रममा बिभिन्न कक्षमा अध्ययनरत बिद्यार्थीहरुले सांस्कृति झल्कने नृत्य, गायन , मोर्डन नृत्यसहित बिविध प्रस्तुती पस्केका थिए ।