बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिराट आधारभुत बिद्यालय बिर्तामोड –१० ले स्थापना गरेको पुस्तकालयलाई पुस्तक वितरण गरेको छ । 

संस्थाले आज मङ्लबार एक संक्षिप्त कार्यक्रमकाबिच बिभिन्न उपयोगी पु्स्तकहरु पुस्तकालयलाई वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए ।

WhatsApp Image 2024-01-30 at 04.38.14 (1)

सामाजिक उत्तरदायित्व वहन गर्दै करीब  २५ हजार मुल्य  बराबरको बिभिन्न उपयोगी पुस्तक वितरण गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले बताए । अध्यक्ष भट्टराईले बिद्यालयका प्रधानाध्यापक कृष्णकुमारी दुलाललाई पुस्तक हस्तान्तरण गरेका हुन् । 

पुस्तक हस्तानतरण कार्यक्रममा संस्थाका अध्यक्ष भट्टराई सहित संस्थाको कर्जा अधिकृत बिजय बस्नेत, आइटी अधिकृत बिजय पाण्डे, नेपाल उद्योग व्यवसायी महासंघ बिर्तामोड नगर कमिटी अध्यक्ष युवराज निरौला लगायतको उपस्थिति रहेको थियो ।