श्रीकृष्ण प्रणामी युवा परिषद नेपालको ३४ औं स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम गरिएको छ ।  परिषदको आज मङ्लबार परेको ३४ औं स्थापना दिवसको अवसरमा जिल्ला कार्य समिति झापाको समन्वय तथा प्रारम्भीक समिति शनिश्चरेको आयोजनामा शनिश्चरे बजारमा रक्तदान कार्यक्रम गरिएको हो । 

पछिल्लो समय जिल्लामा रगतको अभाव भइरहेको सन्दर्भ पारेर स्थापना दिवसको अवसरमा वृहत्त खुला रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा परिषद प्रा.स. शनिश्चरेका अध्यक्ष खड्गबहादुर विष्टले जानकारी दिए । 

b347f3cd-e15a-40ae-9db5-def59e440bf1

 स्थापना दिवसको अवसरमा केन्द्रीय कार्यक्रम अनुसार आज चौंथो दिन रक्तदान कार्यक्रमको आयोजना गरिएको युवा परिषद झापा अध्यक्ष टहलदास ओलीले जानकारी दिए । उनले साता व्यापी कार्यक्रम अनुसार चौंथो दिन रक्तदान गरिएको बताए । 

कार्यक्रम तालिका अनुसार पहिलो दिन जिल्लाका ३८ वटै मन्दिरमा सरसफाई, दोस्रो दिन मेचिनगर १४ मा रहेको श्री कृष्ण प्रा.वि.मा शैक्षिक सामाग्री वितरण, तेस्रोदिन श्री कृष्ण प्रणामी मन्दिर चारआलीमा बृक्षारोपण र चौंथो दिन रक्तदान कार्यक्रम गरिएको अध्यक्ष ओलीले जानकारी दिए । 

e7a9e904-fbc7-443d-a026-2b4536159447

 सत्सङ सेवा परिषद झापाका अध्यक्ष मिलन बस्नेतको प्रमु आतिथ्यतमा भएको कार्यक्रममा स्वागत युवा परिषद कोशीका अध्यक्ष अनील ढुङ्गानाले गरेका थिए । 

युवा परिषद प्रा.स. शनिश्चरे अध्यक्ष खड्ग बहादुर विष्टको अध्यक्षतामा भएको कार्यक्रमको सञ्चालन शनिश्चरे प्रा.स. सचिव दिपेश पनेरुले गरेका थिए । 

कार्यक्रममा युवा परिषद नेपालको पुर्व केन्द्रिय अध्यक्ष मात्रीका प्याकुरेल, केन्द्रिय सदस्य मदन अधिकारी, युवा परिषद कोशी अध्यक्ष अनील ढुङ्गाना , झापा अध्यक्ष टहलदास ओली , बाइजुराज झापा अध्यक्ष मिरा अधिकारी ओली,  शनिश्चरे बाइजुराज प्रा.स. अध्यक्ष विन्दीया बस्नेत, सचिव बिमला विष्ट, कोषाध्यक्ष रेनुका घिमिरे, सदस्य राधिका निरौला, ज्ञानमाया कुंवर, सावित्रि घिमिरे, शनिश्चरे मन्दिर सञ्चालक समिति सचिव श्याम घिमिरे, मन्दिरका पुजारी रामप्रसाद घिमिरे, मन्दिरका संरक्षक रामप्रसाद भट्टराई सहित सुन्दरसाथहरुको बाक्लो उपस्थित रहेको थियो ।  

नेपाल रेडक्रस सोसाइटी बिर्तामोड शाखाको प्राविधिक सहयोगमा  “रक्तदान जीवन दान ” भन्ने नाराका साथ आयोजना गरिएको कार्यक्रममा ३९ जनाले  रक्तदान गरेका थिए ।