झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले बिर्तामोड ७ का स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ ।

आज बुधबार बिर्तामोड ७ स्थित शहिद नेत्रपार्कमा आयोजित एक कार्यक्रमका बीच प्रमुख अतिथि प्रतिनिधि सभाका सभामुख देवराज घिमिरेले जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेका हुन् । 

423313084_408054108462206_242628625425341687_n

सभामुख घिमिरेले जेष्ठ नागरिकको सम्मानमा सिम्रिक साकोसले गरेको सहयोगको प्रशंसा गरेका थिए । संस्थाले निरन्तर रुपमा सामाजिक उत्तरदायित्व बहन गर्दै जेष्ठ नागरिकलाई न्यानो कपडा ‘व्लाङ्केट’ वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । उनले स्थानीय २ सय ४० जना जेष्ठ नागरिकलाई ‘व्लाङ्केट’ वितरण गरिएको बताए । साथै कार्यक्रममा उनीहरूलाई मिष्ठान्न भोजन समेत गराइएको थियो । 

कार्यक्रममा कोशी प्रदेश सभाषद एकराज कार्की, बिर्तामोड नगर प्रमुख पवित्रा महतारा प्रसाई, निचाझोडा सामुदायिक वनका अध्यक्ष बद्री प्याकुरेल लगायतले मनतब्य राखेका थिए । 

422062517_408048325129451_1792769409019386113_n

सुन्दर निचाझोडा गोलधाप सामुदायिक वन उपभोक्ता समुह र बिर्तामोड वडा नम्बर ७ को आर्थिक सहयोगमा उक्त कार्यक्रम गरिएको संस्थाका अध्यक्ष सुवास भट्टराईले जानकारी दिए ।

यस अघि पनि संस्थाले बिर्तामोड ६ र बाह्रदशी १ का स्थानीय जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरिएको अध्यक्ष भट्टराईले बताए । 

WhatsApp Image 2024-01-31 at 03.14.37

बिर्तामोड ७ का वडाअध्यक्ष  कृष्णप्रसाद खरेलले स्वागत गरेको कार्यक्रमको औचित्यमाथि संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन संस्थाका कर्जा बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।