झापा ।

‘फोनिज युके पत्रकारिता सम्मान २०२३’ बाट झापाली अग्रज पत्रकार तथा  दिपीन राई ९दिपेन्द्र चाम्लिङ० सम्मानित हुने भएका छन् । नेपाल आदिवासी जनजाति पत्रकार महासंघ ९फोनिज० युकेले प्रत्येक वर्ष प्रदान गर्दै आएको उक्त पुरस्कारबाट पत्रकार राई सम्मानित हुने भएका हुन् ।

फोनिज युकेको २५ जनवरीमा बसेको बैठकले राईलाई  ‘फोनिज युके पत्रकारिता सम्मान–२०२३’ प्रदान गर्ने निर्णय गरेको पुरस्कार छनौट समितिका प्रमुख सानाम छिरिङ शेर्पाले जानकारी दिए । उनका अनुसारपत्रकार राईसँगै ‘फोनिज युके पत्रकारिता पुरस्कार–२०२३’ बाट संगीता चेपाङ पुरस्कृत हुनेछिन् । उक्त पुरस्कारको राशी २५÷२५ हजार रुपैयाँ रहेको छ ।

बैठकमा फोनिज युकेका अध्यक्ष बम थापा सुर्यवंशी, प्रमुख सल्लाहकार तथा छनौट समितिका प्रमुख शेर्पा, सल्लाहकारहरु दुतबहादुर पुन, प्रमिला लाबुङ राई र निबर्तमान अध्यक्ष गोमा रानाको उपस्थिति रहेको थियो ।

सम्मानित पत्रकार राई २०४९ साल बिभिन्न दैनिक पत्रिका सम्वादातादेखि सम्पादकको कार्य सम्पादन गर्दै हाल यलम्बर टाइम्सका सम्पादक–प्रकाशक तथा यलम्बर टाइम्स डटकममा कार्यरत छन् । पत्रकार राईले पत्रकारिता गरेकै कारण माओवादी द्वन्दकालमा शाही सेनाको बंकरमा रहदै चरम यातना भोगेका थिए । उनी बिभिन्न पत्रकारिता पुरस्कारबाट सम्मानीत ब्यक्तित्व पनि हुन् ।  पुरस्कारले चेपाङ समुदायबाट अझ बढी पत्रकारीतामा लाग्न प्रोत्साहन र प्रेरणा मिल्ने फोनिज युकेले विश्वास लिएको छ ।