बिर्तामोड :  झापामा आज विश्व सिमसार दिवस मनाइएको छ । डिभिजन वन कार्यालय झापाको आयोजना र मेची सव डिभिजन कार्यालय धाइजनको सहजीकरणमा आज  ‘सिमसार र मानव कल्याण’ भन्ने नाराका साथ दिवस मनाइएको हो ।

3a8d9b52-5a61-40f2-a4c9-c8834598df32

झापाको बिर्तामो नगरपालिका–६ स्थित हरियाली सामुदायिक वन परिसरमा विविध कार्यक्रमका साथ दिवस मनाइएको छ । सामुदायिक वनको नवनिर्मित प्रवेशद्वारमा राखिएको सिमसार सम्बन्धीको बोर्ड उद्घाटन, वन क्षेत्रमा रहेको सिमसार क्षेत्रमा नेपियर घाँस रोपण लगायतका कार्यक्रम गरी दिवस मनाइएको फरेष्टर डिल्लीराम खरेलले जानकारी दिए । 

ab224401-3cd5-4696-af79-495ddff4908a

हरियाली समुदायिक वन उपभोक्ता समितिका अध्यक्ष जगतबहादुर राईको अध्यक्षतामा भएको कार्यक्रममा डिभिवन वन कार्यालय झापाका वन अधिकृत ऋषिराज पराजुलीले सिमसार दिवस सम्बन्धी कार्यपत्र प्रस्तुत गरेका थिए । उनले सिमसार के हो ?, यसको महत्व, समस्या र चुनौती, सिमसार क्षेत्रमा भएगरेका प्रयासहरु र आगामी दिनमा गर्नुपर्ने कामहरुका बारेमा जानकारी दिएका थिए । 

21599e5d-6317-4167-8662-a4af19271606

कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका उपप्रमुख नगेन्द्र संग्रौला, सामुदायिक वन महासंघ झापाका अध्यक्ष वेदप्रकाश भण्डारी, बिर्तामोड वडा नं। ६ का वडाध्यक्ष सूर्यप्रसाद कन्दङ्वा, बाँसबारी सामुदायिक वन उपभोक्ता समूहका अध्यक्ष अम्बिका मैनाली लगायतले शुभकामना मन्तव्य राखेका थिए । 

9530a732-6d9b-4bf0-abf5-2765b99a4bf7

कार्यक्रममा अरिदमन गण चारआलीका सेनानी मेजर आकृति  घिमिरे  सहित गणका नेपाली सेना , नेपाल प्रहरी, जिल्लाका बिभिन्न सामुदायिक वनका पदाधिकारी सहित उपभोक्ता , बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको बाक्लो उपस्थिति रहेको थियो ।  कार्यक्रमको सञ्चालन फरेष्टर डिल्लीराम खरेलले गरेका थिए ।