धाइजन : झापाको मेचीनगर नगर १२ स्थित धाइजनमा ‘जिनियस किड्स मन्टेश्वरी एण्ड चाइल्ड केयर होम’ सञ्चालनमा आएको छ ।  पञ्चकुमार लावती र दुर्गा लिङ्देनको नेतृत्वमा उक्त किड्स मन्टेश्वरी सञ्चालनमा आएको हो ।  

सञ्चालनमा आएको मन्टेश्वरीको आज एक संक्षिप्त कार्यक्रमबिच मेचीनगर वडा नम्बर १२ का वडा सदस्य तथा कार्यक्रमका प्रमुख अतिथि मनोज खरेलले उद्धघाटन गरेका छन् । उक्त मन्टेश्वरी  सरस्वती पुजाको दिनबाट पुर्ण रुपमा सञ्चालनमा ल्याइने जनाइएको छ । 

मन्टेश्वरीका सञ्चालक तथा ब्यवस्थापन समितिका अध्यक्ष पञ्चकुमार लावतीको अध्यक्षतामा भएको कार्यक्रममा स्वागत सहित औचित्माथि प्रकाश मन्टेश्वरीकी सञ्चालक तथा प्रिन्सिपल दुर्गा लिङ्देनले पारेकी थिइन । 

WhatsApp Image 2024-02-07 at 04.53.04 (5)

‘बाबुनानीलाई संस्कारयुक्त र व्यवहारिक शिक्षा प्रदान गर्ने पवित्र उद्देश्यसहित मन्टेश्वरी स्थापना गरिएको हो,’ सञ्चालक लिङ्देनले भनिन्, ‘मन्टेश्वरी शिक्षापद्धतिबाट पठनपाठन हुन्छ ।’ पारिवारिक वातावरणमा अध्ययनको व्यवस्था गरिने उनले बताइन् ।

सञ्चारकर्मी भुमिका लिम्बु फियाकले सञ्चालन गरेको कार्यक्रममा प्रमुख अतिथि खरेल, नेपाल मन्टेश्वरी झापाका संस्थापक अध्यक्ष भिमबहादुर श्रेष्ठ, नेकपा (माओवादी केन्द्र)  बुद्धशान्तिका अध्यक्ष प्रेम नेम्वाङ, इजी केयर मन्टेश्वरी धुलाबारीकी प्रिन्सिपल सपना ओडारी प्रसांई, अन्तर्राष्ट्रिय बाल विकास कार्यक्रमकी सहजकर्ता लक्ष्मी बराइली, आइएमई लाइफ इन्स्योरेन्स कोशी प्रदेश प्रमुख मिलन दाहाल लगायतले  मन्तव्य राखेका थिए ।