बिर्तामोड । 

झापाको बिर्तामोड ४ मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले १३ औं बार्षिकोत्सवको अवसरमा सामुदायिक विद्यालयका बिद्यार्थीलाई ब्याग वितरण गरेको छ । 

साकोसले बुधवार (आज) बिर्तामोड–९ स्थित  शहिद लक्ष्मी आधारभूत बिद्यालयका १ सय ८ जना बिद्यार्थीलाई ब्याग वितरण गरेको हो । 

संस्थाको सामाजिक उत्तरदायित्व अन्तरगत साकोसले विद्यार्थीको  शैक्षिक गुणस्तर सुधारका लागि ब्याग वितरण गरेको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । 

WhatsApp Image 2024-02-07 at 04.53.04 (2) 6

संस्थाका अध्यक्ष सुवास भट्टराई कार्यक्रमका प्रमुख अतिथि  बिर्तामोड–९ का वडाध्यक्ष हरिप्रसाद चम्लागाई, संस्थाका कार्यकारी प्रमुख कमल बस्नेत लगायतले उनीहरुलाई ब्याग वितरण गरेका हुन् ।

सामुदायिक विद्यालयको खस्कदो शिक्षा प्रणालीमा सुधारकालागि संस्थाले लामो समयदेखि काम गर्दै आएको संस्थाका अध्यक्ष सुवास भट्टराई बताउंछन् । 

WhatsApp Image 2024-02-07 at 04.53.04 (1) 8

संस्थाले यसअघि कचनकवल गाउंपालिकामा बिशेषज्ञ डाक्टरहरुबाट दुई दिने  निःशुल्क स्वास्थ्य शिविर गरेको थियो । त्यस्तै  बिर्तामोड–६ र ७ तथा  बाहदशी १ का स्थानीय  जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको बताउंदै संस्थाका कार्यकारी प्रमुख बस्नेतले सामाजिक कार्यलार्ई निरन्तरता दिंइदै आएको बताए ।  

संस्थाले बिहीवार पनि भद्रपुरस्थित अञ्जनीमोडको एक बिद्यालयका बालबालिकालाई ब्याग बितरण गर्ने जनाएको छ । 

संस्थाका सचिव इन्द्रबहादुर कार्कीले स्वागत गरेका कार्यक्रममा साकोसको गतिविधि र भावी योजनाका बारेमा प्रकाश कार्यकारी प्रमुख बस्नेतले पारेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि वडाध्यक्ष चम्लागाई, सामाजिक अगुवा विष्णुमाया अधिकारी कोइरालालगायले शुभकामना मन्तव्य राखेका थिए । 

कार्यक्रमको सञ्चालन कर्जा बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।  कार्यक्रममा साकोसका उपाध्यक्ष किरण कपुरी, बिर्तामोड–९ का वडासदस्य केशव बुढाथोकी, बिद्यालय ब्यवस्थापन समितिका पदाधिकारी तथा सदस्य, अभिभावक लगायतको उपस्थिति रहेको थियो ।