झापाको बिर्तामोड ४ मा मुख्य कार्यालय रहेको सिम्रिक बचत तथा ऋण सहकारी संस्थाले भद्रपुर ७ मा रहेको एक सामुदायिक बिद्यालयमा अध्ययनरत विपन्न तथा सिमान्तकृत बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको छ । 

आज बिहिबार संस्थाले भद्रपुर ७ स्थित अञ्जनीमोडमा रहेको भृकुटी आधारभूत बिद्यालयका  ६४ जना बिद्यार्थीलाई ब्याग वितरण गरिएको संस्थाका कार्यकारी प्रमुख कमलबहादुर बस्नेतले जानकारी दिए । 

कार्यक्रमकी प्रमुख अतिथि भद्रपुर नगर उप–प्रमुख राधा कार्की,संस्थाका अध्यक्ष सुवास भट्टराई, कार्यकारी प्रमुख कमलबहादुर बस्नेत,  भद्रपुर–७ का वडाध्यक्ष अभिषेक ढुङ्गानालगायतले बिद्यार्थीहरुलाई संयुक्त रुपमा ब्याग वितरण गरेका हुन् ।  

सामुदायिक विद्यालयमा अध्ययनरत बिद्यार्थीको शैक्षिक गुणस्तर सुधारका लागि सिम्रिकले निरन्तर रुपमा शैक्षिक सामाग्री सहयोग गर्दै आएको संस्थाका अध्यक्ष सुवास भट्टराई बताउंछन् । 

ed49c81c-d20d-4a74-99b1-50ba51259125

सामाजिक उत्तरदायित्व अन्तरगत बिद्यार्थीहरुलाई स्कुल ब्याग वितरण गरेको उनले बताए ।  सोही अवसरमा बिद्यालयलाई सहयोग गरेको भन्दै  संस्थालाई धन्यवाद ज्ञापन सहित  सम्मानसमेत गरेको थियो । 

बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष खगेन्द्र लम्साल, बिद्यालयका निमित्त प्रधानाध्यापक बाबुराम उपाध्यय, शिक्षक प्रेमप्रसाद भट्टराईले संस्थालाई सम्मान गरेका थिए । 

2c1064c0-7c9b-420f-befb-728b4c7a079b

सिम्रिकले यसअघि बिर्तामोड ९ मा रहेको शहिद लक्ष्मी आधारभूत बिद्यालयका १ सय ८ जना बिद्यार्थीलाइ ब्याग वितरण गरेको थियो । 

साथै कचनाकवलमा दुई दिने निःशुल्क स्वास्थ्य शिविर, बिर्तामोड–६ र ७ साथै बाहदशीमा जेष्ठ नागरिकलाई न्यानो कपडा वितरण गरेको छ । संस्थाले यस्ता किसिमका सामाजिक कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिने  जनाएको छ ।

संस्थाका कोषाध्यक्ष मेहरमान विष्टले  स्वागत गरेको कार्यक्रममा प्रमुख अतिथि कार्की, वडाध्यक्ष ढुङ्गानालगायतले  मन्तव्य राखेका थिए । कार्यक्रमको सञ्चालन साकोसका कर्जा  बिभाग प्रमुख बिजय बस्नेतले गरेका थिए ।

6fbaebfe-626c-4996-98ac-4ae90e8d4802