सन्तोष न्यौपाने÷झापा
कांकरभिट्टाबाट भारतीय रक्सी बरामद भएको छ । भारतबाट नेपाल ल्याइएको १ सय ८४ बोतल रक्सी आज दिउंसो बरामद गरिएको हो ।
मेचीनगर नपा ६ स्थित मेची भन्सार कार्यालयको यात्रु शाखाको उत्तर गेटबाट उक्त रक्सी चेकजांचको क्रममा बरामद गरिएको जनाइएको छ ।
भन्सार कर्मचारी र सशस्त्र प्रहरी बल नेपाल प्रस्तावित सीमा सुरक्षा गुल्म काँकडभिट्टाको टोलीले संयुक्त रुपमा चेकजाँचको क्रममा उक्त रक्सी बरामद गरेको मेची भन्सारले जनाएको छ ।
शसस्त्र प्रहरी बल नेपाल नम्बर २ गण हेक्वा झापाका शसस्त्र प्रहरी उपरीक्षक ( एसपी) देबराज अर्यालका अनुसार
सुरक्षा गुल्म काँकडभिट्टाबाट सप्रसनि लास बहादुर राईको कमाण्डमा खटिएको ७ जनाको भन्सार डिउटी टोली र मेची भन्सार कार्यालयका कर्मचारीहरुले चेकजाँच गर्ने क्रममा लुकाई छिपाई भारतबाट नेपाल तर्फ ल्याउदै गरेको भन्सार मुल्य रु २ लाख १७ हजार ६ सय ११ बराबरको विभिन्न ब्राण्डका रक्सी बरामद गरी भन्सार दाखिला गरिएको छ ।
साथै १ बोरा कस्मेटिक सामानहरु प्नि बरामद गरी भन्सार दाखिला गरिएको जनाइएको छ । उक्त रक्सी भारतबाट नेपाल फर्किएका भारतीय लाउरेहरुले ल्याएको हुन सक्ने मेची भन्सार कार्यालय प्रमुख भन्सार अधिकृत रामप्रसाद रेग्मी बताउंछन् । उनका अनुसार बरामद गरिएको उक्त रक्सी भारतमा उत्पादन हुने लोकल लेबलको हो ।