बिर्तामोड : बिर्तामोड ३ स्थित ग्लोरी इङ्लिस स्कुलले २९ औं बार्षिकोत्सव विविध कार्यक्रम गरि मनाएको छ ।  आज शुक्रबार स्कुलले विद्यार्थी, शिक्षक तथा अभिभावकलाई सम्मान सहित विविध कार्यक्रम गरि बार्षिकोत्सव मनाएको हो । 

विद्यालयले २०७९ सालको एसइइ परिक्षामा ए प्लस ल्याउने रोहन बिष्ट र सुरज थापा , विद्यालयका पूर्व विद्यार्थी भ्वाइस अफ नेपाल सिजन २ का बिजेता गायक राम लिम्बु, शिक्षक पुनम गौतम , अभिभावकहरु दुर्गा गुरुङ, दिलमाया तामाङ, बन्दुलाल राजवंशी, रत्ना घिमिरेलाई सम्मान गरेको हो । 

उनीहरुलाई कार्यक्रमका प्रमुख अतिथि प्यावसन झापाका अध्यक्ष गौरीमान फागो, बिर्तामोड नगर प्यावसन अध्यक्ष उत्तम खनाल, विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल काफ्ले लगायतले सम्मान गरेका हुन् । 

WhatsApp Image 2024-02-09 at 06.12.05 (3)

विद्यालय व्यवस्थापन समिति अध्यक्ष गोपाल काफ्लेको अध्यक्षता तथा प्यावसन झापाका अध्यक्ष गौरीमान फागोको प्रमुख आतिथ्यतामा भएको कार्यक्रममा स्वागत प्रज्वल भट्टराईले गरेका थिए । 

कार्यक्रममा आगन्तुकलाई स्वागत गान मार्फत विद्यार्थी जानुका घिमिरेको टोली र स्वागत नृत्य दुर्गा थापाको टोलीले प्रस्तुत गरेका थिए । 

कार्यक्रममा प्रमुख अतिथि फागो,बिद्यालयका संस्थापक प्रिन्सिपल इन्द्रदेव केरुङ, प्यावसन नगर अध्यक्ष खनाल, बिर्तामोड नगर शिक्षा अधिकृत जानुका घिमिरे, बुद्ध स्मृति विद्यालयका प्रिन्सीपल हरिकृष्ण पाठक लगायतले मनतब्य राखेका थिए ।  कार्यक्रममा बालबालिका  तथा शिक्षा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल सहित बिभिन्न संघ संस्थाका प्रतिनिधिहरुको उपस्थिती रहेको विद्यालयको व्यवस्थापन प्रमुख सन्तोष प्रसाईले जानकारी दिए । 

कार्यक्रमको सञ्चालन शिक्षक पुण्य सुबेदी र विद्यार्थी जानु थापा, कृष्टिना ढुङ्गेल, दिपिका प्रसाई, उज्मा प्रविनले सयुंक्तरुपमा गरेका थिए ।