बिर्तामोड ।

राजवंशी समाज विकास समितिको बिर्तामोड नगर अबिधेशन रोक्न माग गरिएको छ । अभय राजवंशी नेतृत्वको समितिले यहि फागुन ५ गते गर्ने भनिएको अधिवेशन रोक्न माग गर्दै अर्को समितिले प्रशासन कार्यालयमा निवेदन दिएको छ  । आज समितिको जिल्ला अध्यक्ष उत्तमकुमार राजवंशी सहितको टिमले पत्रकार भेटघाट मार्फत सो कुरा जानकारी दिएको हो । 

हाल बिभाजन भएर दुई वटा समिति छ । उत्तम राजवंशीको समितिले नगर अधिवेशन गरिसकेको सन्दर्भमा  पुनः अर्को समितिले नगरको अधिवेशन गर्ने जनाएपछि बिवाद शुरु हो । 

73a2cb5c-b117-49d6-8a4d-6c36b642215e

अभयको नेतृत्वको राजवंशी समाज विकास समितिले आगामी फागुन ५ गते बिर्तामोड नगर समितिको अधिवेशन गर्ने भनेर सामाजिक सञ्जालमा प्रचार गरेपछि अर्को समितिले आपत्ती जनाएको हो । 

सवन्तकुमार राजवंशीको नेतृत्व रहेको राजवंशी समाज विकास समितिले संस्थाको विधान अनुसार गत जेठ ३२ गते निर्वाचन प्रक्रिया पूरा गरेर नगर र वडा समिति गरिसकेको जनाएको छ ।  समितिको बिर्तामोड नगर समितिले नगर अधिवेशनको कार्यक्रम रोकी पाउ भनेर जिल्ला प्रशासन झापा, बिर्तामोड नगरपालिका र इलाका प्रहरी कार्यालय अनरमनीमा  निवेदन दिएको पत्रकार भेटघाटमा जनाएको हो । 

सवन्तकुमार नेतृत्वमा रहेको समिति आधिकारिक भएको बताउँदै अभय नेतृत्वको समितिलाई नगर अधिवेशन नगर्न आग्रह गरेका छन् ।

उच्च अदालत बिराटनगरमा बिचारधिन अवस्थामा मुद्दा रहेको र गत असारमै दुईतिहाई भन्दा वढीे प्रतिनिधिको उपस्थितिमा मान्यूटमा हस्ताक्षर भइसकेको समितिका झापा अध्यक्ष उत्तमकुमार राजवंशीले बताएका छन् । उक्त समितिका केन्द्रिय सल्लाहकार पानीलाल राजवंशीले अविबेशन नरोके झडप हुन सक्ने बताए । 

समितिका केन्द्रिय सचिव लखनलाल राजवंशीले आफु नेन्तृत्व समिति बैधानिक भएको बताउँदै अभय नेतृत्वले समितिको लोगो र लेटरप्याड प्रयोग गरेकोप्रति आपत्ती जनाएका छन् । 

पत्रकार भेटघाट कार्यक्रममा उक्त समितिका बिर्तामोड नगर अध्यक्ष सिरतलाल राजवंशीले कुनैपनि हालतमा नगर बिर्तामोड नगर अधिवेशन गर्न नदिने बताए । 

WhatsApp Image 2024-02-13 at 18.50.53

पत्रकार भेटघाट कार्यक्रममा उक्त समितिका बिर्तामोड नगर उपाध्यक्ष रतन राजवंशी, सचिव बालकृष्ण राजवंशी, सह–सचिव झलकसिंह राजवंशी, नगर सदस्य रञ्जितकुमार राजवंशी, राजकुमारसिंह राजवंशी, बिर्तामोड–५ वडाध्यक्ष रुपा राजवंशी, वडा नम्बर ६ का तीतानन्द राजवंशी, वडा नम्बर ३ सचिव नगेन्द्र राजवंशी, वडा नम्बर ३ का सदस्य देबकुमारसिंह राजवंशीलगायतको उपस्थिति रहेको थियो ।

WhatsApp Image 2024-02-13 at 18.51.13

यता अर्को समितिका अध्यक्ष अभय राजवंशीले आफु नेतृत्व समिति बैधानिक भएको बताएका छन् । 

WhatsApp Image 2024-02-13 at 18.51.24