बिर्तामोड : बिर्तामोड (वीरता लेडी जेसीजले बुधबार बालकल्याण आधारभूत विद्यालय अर्जुनधारा(६ का नानीबाबुलाई शैक्षिक सामग्री वितरण गरेको छ ।

बसन्त पञ्चमी अर्थात् सरस्वती पूजाको अवसर पारेर विद्यालय प्रवेश गरेका नानीबाबुका लागि लेडी जेसीजले शैक्षिक सामग्री वितरण गरेको हो ‌।

नयाँ भर्ना हुन आएका विद्यार्थीका लागि प्रोत्साहन स्वरूप शैक्षिक सामग्री वितरण गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताइन । 

 लेडी जेसीजको टोली विद्यालय पुगेर प्रधानाध्यापक डम्बरप्रसाद यादवलाई शैक्षिक सामग्री हस्तान्तरण गरेको हो ।  नयाँ भर्ना हुन आएका विद्यार्थीले लेडी जेसीजका तर्फबाट ब्याग, कपी, पेन्सिल लगायतका सामग्री प्राप्त गरेका छन् ।

शैक्षिक सामग्री वितरण कार्यक्रममा प्रमुख अतिथि सहारा नेपाल बचत तथा ऋण सहकारी संस्थाका कार्यकारी प्रमुख महेन्द्रकुमार गिरी, पशुपति युवा समूहका अध्यक्ष घनेन्द्र डाँगी, वीरता लेडी जेसीजका निवर्तमान अध्यक्ष संगीता गिरी र विद्यालय व्यवस्थापन समितिका अध्यक्ष दिवाकरलाल चौधरी लगायतले आ आफ्नो धारणा राखेका थिए । 

 लेडी जेसीजकी उपाध्यक्ष चन्द्रकला रिजालको संयोजकत्वमा भएको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गरेकी थिइन ।   कार्यक्रममा उपाध्यक्ष अस्मिता राईले आस्था वाचन गरेकी थियन ।