सुरुङ्गा । 

झापाको कनकाई नगरपालिकामा बिहीवार (आज) भष्ट्राचार नियन्त्रण र सुशासन प्रवर्धनमा स्थानीय तहको भुमिका बिषयक एक दिने अन्तरक्रिया कार्यक्रम गरिएको छ । 

अख्तियार दुरुपयोग अनुसन्धान आयोग इटहरीले नगरपालिकामा अन्तरक्रिया गरेको हो ।  

भष्ट्राचार नियन्त्रणमा जनचेतना अधिबृद्धि गर्ने र भष्ट्राचार नियन्त्रणमा आयोगको भुमिका बारे जानकारी दिने उदेश्यले अन्तरक्रिया आयोजना गरिएको जनाइएको छ ।  

आयोगको कार्यक्षेत्र भित्रमा सवै भन्दा वढी उजुरी पर्ने जिल्ला सप्तरी रहेको अन्तरक्रिया कार्यक्रममा जानकारी दिइएको थियो । आयोगको कोशी प्रदेशका ११ वटा जिल्ला र सप्तरी जिल्ला गरी १२ वटा जिल्ला कार्यक्षेत्र रहेको जनाइएको छ । 

आर्थिक बर्ष २०७९÷०८० को तथ्याङ्क अनुसार २ हजार ४०८ उजुरी परेका मध्ये १ हजार ६६४ वटा फछ्यौट भएको र ७४४ वटा बाँकी गरेको अन्तरक्रियामा प्रस्तुतकर्ता आयोगका इन्जिनियर परिवेश फँुयालले तथ्याङ्क सार्वजनिक गरेका थिए । 

उनले सार्वजनिक गरेको तथ्याङ्क अनुसार सवै भन्दा धेरै उजुरी संघीय मामिलाका रहेका छन् । त्यस्तै शिक्षा, भूमिसुधार, बन, भौतिक र अन्यका रहेका छन् । 

आयोगका सिनियर डिभिजन इन्जिनियर धिर फडेराको अध्यक्षतामा भएको अन्तरक्रिया कार्यक्रमको प्रमुख अतिथि कनकाई नगर उप–प्रमुख आशा शर्मा शिवाकोटी रहेकी थिइन् । आयोगका शाखा अधिकृत दीपक कार्कीले स्वागत गरेको कार्यक्रमको सञ्चालन आयोगका नायव सुब्वा रामप्रसाद राईले गरेका थिए । 

अन्तरक्रिया कार्यक्रममा कनकाई नगरका कर्मचारी ,जनप्रतिनिधि, स्थानीय संघसंस्थाका प्रमुख तथा प्रतिनिधिसहित सरोकारवाला लगायतको उपस्थिति रहेको थियो ।