बिर्तामोड उद्योग वाणिज्य संघको निर्वाचनको मिति नजिकिँदै गर्दा नेतृत्वका उम्मेदवारले आन्तरिक प्रचार तथा भेटघाटलाई तीव्रता दिन थालेका छन् ।  

अर्जुनकुमार मैनाली र राजु न्यौपाने  दुवै अध्यक्षका आकांक्षीले छुट्टाछुट्टै प्यानल नै बनाएर चुनावी मैदानमा उत्रिएका छन् । अहिले उनीहरुले छलफल, प्रचार र भेटघाटका कार्यक्रमलाई तीव्रता दिंदै लगेका हुन् । बिर्तामोडमा पछिल्लो समय व्यवसायिक क्षेत्रमा युवा व्यवसायीको बाहुल्यता बढ्दै गएको छ । नजिकिंदै गरेको  उद्योग वाणिज्य सङ्घको नेतृत्वमा युवा व्यवसायीहरु स्थापित हुने अभ्यासमा छन् ।

व्यवसायिक संघसंस्थाको नेतृत्व गरेर उनीहरूको हक, अधिकार र संरक्षणमा लाग्ने उदेश्य बोकर यस पटक संघको नेतृत्वमा पुग्ने अठोटका साथ युवाहरु चुनावमा होमिएका छन् । ती मध्येका एक हुन् व्यवसायी युवराज निरौला । मोबाइल व्यवसायमा लागेर आफूलाई व्यावसायिक क्षेत्रमा समर्पित गरेका उनी आसन्न निर्वाचनका लागि स्वतन्त्र व्यावसायिक प्यानलको तर्फबाट कोषाध्यक्ष पदकालागि उम्मेदवार बनेका छन् । 

को हुन् युवराज 

युवराज निरौला बिर्तामोड क्षेत्रकालागि परिचित र स्थापित नाम हो। व्यवसायिक क्षेत्रलाई मुख्य पेशा बनाएर झण्डै डेढ  दशक देखि उनी बिर्तामोडमा मोवाइल फोनको व्यवसायमा संमलग्न  छन् । 

मोबाइल एसोसिएसन बिर्तामोडमा दुई कार्यकाल अध्यक्षको जिम्मेवारी सम्हालेका निरौला नेपाल उद्योग तथा व्यवसायी महासंघ बिर्तामोड नगर कमिटीका अध्यक्ष समेत  हुन् । 

व्यवसायीका विषयगत संगठनमा रहेर नेतृत्व गर्दै उनीहरूको समस्या समाधानका लागि निरन्तर लाग्ने युवा व्यवसायीमा निरौलाको नाम अग्रपंक्तीमा आउँछ ।

1681774698

स्थानीय सरकार, स्थानीय प्रशासन लगायतका सरकारी निकायसँग समन्वय गर्नसक्ने व्यावसायिक क्षमता भएका निरौला  शिक्षा बहुउद्देश्यीय सहकारी संस्थामा ११ वर्षदेखि संमलग्न छन् । उनी हाल सहकारीको  लेखा समिति संयोजक हुन् । 

संस्थागत व्यवसायिक योजना बनाएर बिर्तामोडको उद्योग वाणिज्य क्षेत्रलाई अबल र प्रतिस्पर्धी बनाउने मामिलामा आफ्नो पहिलो योगदान रहने निरौलाको भनाई छ । 

घरधनी र बहालकर्ताको समस्या मात्र होइन, कर राजस्व लगायतका विषयमा पनि व्यावसायीको हितमा मुद्दा बोकेर हिँड्न सक्ने एउटा सशक्त उम्मेदवार भएकै कारण उनीलाई अघि सारीएको बताइन्छ । 

 समस्यामा परेका व्यवसायीलाई संरक्षण गर्ने, उनीहरूको पक्षमा वकालत गर्ने र उनीहरुलाई अन्याय हुन नदिन वातावरण बनाउने अभियानमा निरौलाले सशक्त भूमिका लामो समयदेखि खेल्दै आएका छन् ।

उद्योगी व्यवसायीको भावनालाई आत्मसात गर्दै वित्तीय संकटको यो बद्लिँदो स्थितिमा पनि उनीहरूको संरक्षणमा आफूलाई समर्पित गर्दै आएको कोषाध्यक्षका उम्मेदवार निरौला बताउंछन् ।  

दृढ आत्मविश्वास, निर्णय क्षमता, व्यावसायिक स्थायित्व र सरल तथा मिलनसार स्वभावले निरौलाको चर्चा संघमा चुलिंदै गएको छ ।

समाजको आर्थिक विकास तथा रूपान्तरणमा व्यावसायिक क्षेत्रले निर्वाह गरेको भूमिकालाई कसैले नजरअन्दाज गर्न नहुने दृढ मान्यता बोकेका निरौला बिर्तामोडका आम उद्योगी व्यवसायीले आफूलाई मत दिएर जिताउनेमा ढुक्क छन् ।

बिर्तामोड उद्योग वाणिज्य सङ्घलाई संस्थागत रूपमा मजबुत बनाउने, स्थानीय सरकारसँग समन्वयकारी भूमिका निर्वाह गर्ने, व्यवसायीको पेशागत हित संरक्षण र सुरक्षामा निरन्तर बहस र पैरवी गर्ने, व्यवसायीमाथि हुने अनाधिकृत धरपकड र थिचोमिचो विरुद्ध प्रतिवादमा उत्रने र उद्योग व्यवसायको विकास र प्रवर्द्धन गर्दै साना व्यवसायीको संरक्षणमा समेत उत्तिकै ध्यान दिने उनी बताउंछन् । संघको चुनाव यहि फागुन १४ गतेकालागि तय गरिएको छ । संघमा अर्जुन मैनालीको नेतृत्वमा स्वतन्त्र व्यावसायिक प्यानल र राजु न्यौपानेको नेतृत्वमा लोकतान्त्रिक व्यवसायी समुह चुनावमा होमिएको छ ।