भद्रपुर :  नेपाल चिया उत्पादक संघको अध्यक्षमा आदित्य पराजुली सर्वसम्मत निर्वाचित भएका छन् ।  शुक्रवार भद्रपुरमा सम्पन्न संघको १५ औ साधारण सभाबाट अध्यक्षमा पराजुलीलाई सर्वसम्मत निर्वाचित गरिएको हो ।

संमितिको उपाध्यक्षमा शिवकुमार गुप्ता,महासचिवमा शुक्रबहादुर दाहाल,सचिवमा सागर घिमिरे,कोषाध्यक्षमा प्रकाश उप्रेती सर्वसम्मत निर्वाचित भएको  निर्वाधन अधिकृत गोपाल गिरीले जानकारी दिए ।  यसै गरी सदस्यहरुमा दिपेश ढकाल,राजेन्द्र कुमार सिंह, रमेश पराजु्ली,मनोज श्रेष्ट, शुभाष शाक्य र दिपक पाठक रहेका छन् ।  

यस अघि भएको साधारण सभाले आर्थिक वर्ष २०७९।०८० को महासचिव शिवकुमार गुप्ताले प्रस्तुत गरेको वार्षिक प्रतिवेदन र  कोषाध्यक्ष विनयराज पोखरेलले आर्थिक प्रतिवेदन प्रस्तुत गरेका थिए ।  साधारण सभा संघका अध्यक्ष सुरेश कुमार अग्रवालको अध्यक्षतामा भएको थियो ।