बिर्तामोड : (वीरता लेडी जेसीजले नेपालको पहिलो महिला रिक्सा चालक फूलमाया धिमाललाई सहयोग हस्तान्तरण गरेको छ । बिर्तामोडको महानन्द चोकमा शनिबार आयोजित कार्यक्रमका बीच धिमाललाई खाद्यान्न, लत्ता कपडा, घरायसी प्रयोजनका सफाई सामग्री र नगद सहयोग गरिएको हो ।
जीवन गुजारा चलाउन सङ्घर्ष गर्दागर्दै बिर्तामोडको सडकमा रिक्सा कुदाएर देशव्यापी ख्याति कमाएकी फूलमाया यतिबेला गुमनाम जस्तै छिन् । हिजोको सीप, क्षमता र आँट बुढ्यौलीले ओझल पार्दै लगेका बेला लेडी जेसीजले सहायताका लागि धिमाललाई सम्झिएको हो ।
समुदायमा जेसीजस् शुभ दिन, शुभ कार्य अन्तर्गत नेपालको पहिलो महिला रिक्सा चालक धिमाललाई खाद्यान्नसहित लत्ता कपडा र नगद सहयोग गरिएको वीरता लेडी जेसीज सन् २०२४ की अध्यक्ष मेनुका ओलीले बताउनुभयो ।
अध्यक्ष ओलीका अनुसार धिमाललाई तीन बोरा चामल, १० लिटर तेल, नुन, मसला, एक बोरा मुरइ, ब्ल्याङ्केट, लत्ता कपडा, घरायसी प्रयोजनका सरसफाई सामग्री र नगद आठ हजार रुपैयाँ प्रदान गरिएको छ ।
अर्जुनधारा वडा नम्बर(६ का अध्यक्ष हरिश्चन्द्र बाँस्तोलाको प्रमुख आतिथ्यमा धिमाललाई सहयोग हस्तान्तरण गरिएको हो । कार्यक्रममा बोल्दै प्रमुख अतिथि बाँस्तोलाले सामाजिक उत्तरदायित्व अन्तर्गतका अभियानमा लेडी जेसीजले महत्वपूर्ण भूमिका निर्वाह गरिरहेको बताउनुभयो । सहयोग हस्तान्तरण कार्यक्रममा नेपाल जेसीजका कानुनी सल्लाहकार सिनेटर नरेशचन्द्र ओझा विशिष्ट अतिथिका रुपमा सहभागी हुनुभएको छ ।
लेडी जेसीजकी सहसचिव एलिना रिजालको संयोजकत्वमा भएको कार्यक्रममा पूर्व अध्यक्ष संगीता चिमरिया र निवर्तमान अध्यक्ष संगीता गिरी लगायतले बोल्नुभएको थियो । उपाध्यक्ष कविता ओलीले आस्था वाचन गरेको कार्यक्रमको सञ्चालन महासचिव मुना ढुंगेलले गर्नुभएको थियो ।
वीरता लेडी जेसीजले यसैसाता सरस्वती पूजाको अवसरमा भर्ना हुन आएका नयाँ नानीबाबुहरूलाई अर्जुनधारा(६ स्थित बालकल्याण आधारभूत विद्यालयमा गएर प्रोत्साहन स्वरुप शैक्षिक सामग्री वितरण गरेको थियो ।