बिर्तामोड : (जयेन्द्रप्रसाद प्रसाई साहित्य सेवा कोष झापाले शनिबार फरक(फरक विधाका चार जना व्यक्तित्वलाई पुरस्कृत गरेको छ । कोषले साहित्य, पत्रकारिता तथा अपाङ्गता भएका व्यक्तित्वलाई पुरस्कृत गरेको हो ।

पुरस्कृत हुनेमा बर्षोत्कृष्ट कृति पुरस्कारबाट झापा भद्रपुरका होम सुवेदी, विष्णुचन्द्र पद्मा बिशेष प्रतिभा सम्मानबाट साहित्यकार पुन्यप्रसाद खरेल, धनमाया सक्रिय महिला पत्रकारिता पुरस्कारबाट जोस्ना श्रेष्ठ र अपाङ्गता भएका व्यक्तिबाट पदम अधिकारी रहेका छन् ।

संस्थाका अध्यक्ष गोपीकृष्ण प्रसाईको अध्यक्षता तथा प्राध्यापक डाक्टर गोविन्दराज भट्टराईको प्रमुख आतिथ्यमा कार्यक्रम भएको हो । साहित्य र पत्रकारिता पुरस्कारको राशि जनही २५ हजार छ भने अपाङ्गता विशेष पुरस्कारको राशि ११ हजार रहेको छ ।