बिर्तामोड ।  

काठमाडौँबाहिर पहिलोपटक बेलायतको क्याम्ब्रिज विश्वविद्यालयसँग आबद्ध भएको बिर्तामोडको तक्षशीला प्रोग्रेसिभ इङ्लिस स्कुलले  ‘तक्षशीला महोत्सव २०८०’ आयोजना गरेको छ ।  आज बाट शुरु भएको तक्षशीला महोत्सव एक सातासम्म सञ्चालन हुने जनाइएको छ । 

काठमाडौँ, विराटनगरलगायतका जिल्लाबाहिरका विद्यार्थीहरुलाई समेत लक्षित गरी खोलिएको अन्तर्राष्ट्रियस्तरको विद्यालयले

बिद्यार्थीलाई किताबी ज्ञान मात्र नभएर उनीहरुको  क्षमता विकासकालागि ब्यवहारिक शिक्षा दिने उदेश्यले महोत्सवको आयोजना गरिएको स्कुलका प्रिन्सिपल डा. भिक्टोर इग्नेसियस जोन जोसेफले बताए । 

WhatsApp Image 2024-02-17 at 06.41.17

विद्यार्थीमा किताबी ज्ञान भएर परिक्षामा उत्कृष्ट अंक ल्याए पनि अहिलेका विद्यार्थीमा व्यवहारीक ज्ञान हुंदैन । तसर्थ

सोहि अवस्थालाई मध्य नजर गर्दै विद्यार्थीलाई प्रयोगात्मक शिक्षामा जोड दिन तक्षशिला सदैव लागि पर्दै आएको स्कुलको  प्रबन्ध निर्देशक डा. अञ्जली कार्की बताउंछीन् । साथै उनले आजैबाट अन्तराष्ट्रिय स्तरको मन्टेश्वरी प्रणाली तथा डिजिटल विधिको पढाई सुरु गरेको बताइन् । 

WhatsApp Image 2024-02-17 at 06.41.17 (1)

उनका अनुसार पूर्वमै पहिलो पटक तक्षशीला प्रोगेसिभ इग्लिस स्कुलले त्यस प्रकारको महोत्सव आयोजना गरेको हो ।

स्कुलका प्रिन्सिपल डा. भिक्टर जोसफको अध्यक्षतामा भएको उद्घाटन कार्यक्रममा प्रोफेसर डा.उमेश शर्माको प्रमुख आतिथ्य रहेको थियो । प्रमुख अतिथि डा. प्रोफेसर शर्मा, बिशिष्ट अतिथि डा. बसन्त जोशी, डा.अञ्जली कार्कीलगायतले पानसमा दीप प्रज्वलन गर्दै परेवा उडाएर कार्यक्रमको उद्घाटन गरेको थिए ।  

WhatsApp Image 2024-02-17 at 06.41.17 (2)

कार्यक्रममा सञ्चालक इन्दिरा गिरी, बीएण्डसी अस्पतालका जनसम्पर्क अधिकारी प्रमिश गिरी, डा. निराजन प्रसाई लगायतको आतिथ्य रहेको थियो । 

कार्यक्रमको सञ्चालन शिक्षिका शक्तिकुमारी तामाङले गरेकी थिइन् । महोत्सवमा बिद्यार्थीहरुले बिभिन्न प्रकारका स्टलहरुसमेत राखेका छन् । बिद्यार्थीले लाइभ म्युजिक, फुड, फेस पेन्टिङ, सेल्फी कन्टेष्ट, गेमलगायतका स्टलहरु प्रदर्शन गरेका छन् । त्यसैगरी बिभिन्न नृत्य, गायन, संगीतलगायतका मनोरञ्जानात्मक कार्यक्रमहरु समेत गरेका थिए । 

उद्घाटन कार्यक्रममा बिभिन्न संस्कृति झल्कने भेषभुसा सहित विद्यार्थीले  र्याली निकालेका थिए ।  प्रतियोगितामा उत्कृष्ट हुनेलाई पुरस्कृत गरिने जनाइएको छ ।