बिर्तामोड  : न्यूटन्स् स्काउट दलले भब्य कार्यक्रमकाबिच दीक्षान्त समारोह सम्पन्न गरेको छ ।  बिर्तामोड ५ मा रहेको न्यूटन्स् एजुकेशन एकाडेमीले बिद्यालयमा रहेको स्काउटका विद्यार्थी लाई आइतबार सांझ एक भब्य कार्यक्रकाबिच दीक्षित गर्राको  हो ।

गत बर्ष विद्यालयमा स्काउट गठन गरिएको थियो । गठनसंगै विद्यार्थीले क्षमता बिकास तालीम लिईरहेका छन् । तालिम प्राप्त स्काउटका सदस्यलाई  एक कार्यक्रमका बिच साहयक राष्ट्रिय प्रशिक्षक नारायण श्रेष्ठले दीक्षित गराएका हुन् ।

बिर्तामोड नगरपालिका प्रमुख पबित्रा महतरा प्रसाईंको प्रमुख आतिथ्यता तथा बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एंव संस्थापक धर्मा पराजुलि प्रसाईको अध्यक्षतामा कार्यक्रम सम्पन्न भएको हो । कार्यक्रममा  बिद्यालयका प्रधानाध्यापक देबेन्द्र हुमागाईले आगनतुकलाई स्वागत गर्दै बालबालिकाको वृद्धि बिकासमा बिद्यालय सदैव कृयाशिल भएर लागेको उल्लेख गरे । उनले विद्यार्थीलाई पढाइको अलवा सामाजिक क्षेत्रमा जोड्न र अतिरिक्त क्रियाकलापमा सामेल गराउंदै बालबालिकाको बृद्धि बिकासमा विद्यालयले जोड्दै आएको उल्लेख गरे ।

WhatsApp Image 2024-02-18 at 23.06.24

 कार्यक्रममा नगर प्रमुख प्रसाई, नगर उप– प्रमुख नगेन्द्रप्रसाद  संग्रौला ,प्याब्सन बिर्तामोड नगर अध्यक्ष उत्तम खनाल , झापा गोल्डकपका अध्यक्ष बिनोद बस्नेत लगायतले शुभकामना मनतब्य राखेका थिए ।

WhatsApp Image 2024-02-18 at 23.06.24 (1)

त्यस्तै सोहि कार्यक्रमकाबिच विद्यालयले झापा गोल्डकप लाई १ लाख रुपैयाँ सहयोग गरेको छ । बिद्यालय ब्यबस्थापन समिति अध्यक्ष एंव संस्थापक धर्मा पराजुलि प्रसाई , प्रिन्सिपल देबेन्द्र हुमागांई लगायतले गोल्डकपका अध्यक्ष बिनोद बस्नेतलाई उक्त रकम प्रदान गरेको हो । 

शिक्षक परासर दाहालले सहजीकरण गरेको कार्यक्रमको संचालन अन्स न्यौपाने र कृन्जल पोख्रेलले गरेका थिए । कार्यक्रममा विद्यार्थीहरुले गित, नृत्य लगायतका प्रस्तुतिहरु प्रस्तुत गरेका थिए ।