बिर्तामोड ४ मा रहेको इडन गार्डेन एजुकेशन फाउण्डेशन ले  ३५ औँ वार्षिक उत्सव भव्यताका साथ मनाएको छ ।

शुक्रबार आज  विद्यालय परिसरमा एक समारोहको आयोजना गरी विविध सांस्कृतिक कार्यक्रम, पुरस्कार वितरण, सहित वार्षिक उत्सव मनाएको विद्यालयले जनाएको छ । 

विद्यालयका संस्थापक प्रिन्सिपल मोहन आर्चायको अध्यक्षतामा भएको सो कार्यक्रममा प्रमुख अतिथि बिर्तामोड नगरपालिका नगर प्रमुख पबित्रा महत्तरा प्रसाईले शुभकामना मनतब्य राखेकी थिइन । 

WhatsApp Image 2024-02-23 at 07.57.43 (2)

कार्यक्रममा विद्यालयको वार्षिक प्रगति तथा भावि योजना प्रस्तुत गर्दै संस्थापक प्रिन्सिपल आर्चायले विद्यालयमा हाल एक ६ सय  विद्यार्थी रहेको तथा कक्षा १० सम्म कक्षा सञ्चालन भईरहेको जानकारी दिए । 

शिक्षक प्रकाश पाण्डेले स्वागत गरेको कार्यक्रमको सञ्चालन शिक्षक गिताराम आर्चाय, विद्यार्थीहरु प्रनिशा मोहोरा, नेल्सन पराजुली, सुमिरन दुलाल र सुरज गौतमले संयुक्त रुपमा गरेका थिए । 

सो अवसरमा बर्ष उत्कृष्ट विद्यार्थी कक्षा १० बाट प्रनिशा मोहोरा र नेल्सन पराजुलीलाई नगद ३ हजार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै गत बर्षको एसइइमा उत्कृष्ट नतिजा ल्याने आभाष मैनालीलाई नगद ५ हजार र प्रमाणपत्र वितरण गरिएको थियो । त्यस्तै बर्ष उत्कृष्ट हरियो सदनलाई ५ हजार नगद सहित ट्रफि प्रदान गरिएको थियो ।

विद्यालय व्यवस्थापन समिति अध्यक्ष तथा संस्थापक समिसा सिटौला आर्चाय,प्यावसन नगर अध्यक्ष उत्तम खनाल, बालबालिका शिक्षा तथा सञ्चार मञ्चका अध्यक्ष सरोज पौडेल लगायतको आतिथ्यता रहेको थियो ।