सुरुङ्गा । 

झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गा भोली १४ गतेबाट आयोजना गर्न लागिएको   कनकाई कला, संस्कृति तथा साहित्य महोत्सवको सम्पूर्ण तयारी पूरा भएको छ। रोटरी क्लब अफ कनकाई  सुरुङ्गाको आयोजनामा महोत्सव गर्न लागिएको हो ।  महोत्सव १६ गतेसम्म चल्ने  छ । महोत्सवको सबै तयारी पूरा भएको रोटरी क्लब अफ कनकाई  सुरुङ्गाको अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए ।  

 महोत्सवको उद्घाटन बरिष्ठ अभिनेता तथा गीतकार नीर  शाहले गर्ने जनाइएको छ ।  कला साहित्य महोत्सवका माध्यमबाट कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उदेश्यले कार्यक्रमको आयोजना गरिएको जनाइएको छ ।  महोत्सव कनकाई–३ को पशुपति अंग्रेजी माबि परिसरमा आयोजना  हुनेछ। 

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन गर्ने, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश गरिने आयोजक सस्थाका अध्यक्ष कँडेलले बताए ।  महोत्सवमा तीन दिनसम्म  विभिन्न एक दर्जन भन्दा बढी कार्यक्रमहरू तय गरिएको आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए । 

महोत्सव अवधिभरमा साहित्य कोष्टी, ६ देखि १२ वर्ष उमेर समूहका विद्यार्थी वर्गलाई लक्षित गरेर कविता लेखन प्रशिक्षण, हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम समेत राखिएको आयोजक संस्थाले जनाएको छ । हास्यव्यङ्ग्य सहित सांस्कृतिक कार्यक्रम पुस्तक मेला, पुस्तक डोनेशन, स्टलहरुमा व्यवसायिक गतिविधि भने तिन दिननै सञ्चालन हुनेछ ।  

अन्य कार्यक्रमहरूमा शिक्षक स्वं साहित्य सर्जकहरूका लागि कविता लेख प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका ले भागलिन सक्ने गरि कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्र स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू रहेको आयोजकले जानकारी दिएको छ ।  

साहित्य महोत्सवमा अग्रज साहित्यकारहरु तुलसी दिवस, अर्जुन पराजुली, प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली,  प्राध्यापक डाक्टर देवी नेपाल, कवि मनु मञ्जिल, धिरेन्द्र प्रेमर्षि, प्रदीप रोदन, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, सुमन स्मारिका, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाल लगायत सुपरिचित स्रष्‍टा कलाकारहरूको कार्यक्रममा उपस्थित रहने आयोजक संस्थाका पुर्व अध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिएका छन् ।