झापा –  झापाको कनकाई नगरपालिका स्थित सुरुंगामा तीन दिने कला, सँस्कृति तथा साहित्य महोत्सव सुरु भएको छ । 

 आज एक भब्य समारोहकाबिच महोत्सवको उद्धघाटन वरिष्ठ कलाकार नीर शाहले गरेका छन् ।  रोटरी क्लब अफ कनकाई सुरुंगाको आयोजनामा सुरुंगास्थित पशुपति अंग्रेजी माविको प्रांगणमा सुरु भएको महोत्सव फागुन १६ गतेसम्म चल्ने कार्यक्रम संयोजक अखिलकुमार कोइरालाले जानकारी दिए  । 

 कनकाईमा साहित्यकार तथा कलाकारहरूको बाक्लो बसोबास रहेको र उनीहरूद्वारा सिर्जित सिर्जनालाई प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको रोटरी क्लब अफ सुरुंगाका अध्यक्ष शिव कँडेलले बताए । 

WhatsApp Image 2024-02-26 at 06.57.35 (1)

साहित्य, सँस्कृति तथा कला क्षेत्रको प्रवद्र्धन तथा प्रोत्साहनकालागि  महोत्सव आयोजना गरिएको रोटरी क्लब अफ सुरुङ्गाका पूर्वअध्यक्ष कुमारमणि पोखरेलले जानकारी दिए । 

रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिव कडेलको अध्यक्षतामा भएको महोत्सवको उद्घाटन कार्यक्रममा संस्थापाक अध्यक्ष एलपी उप्रेतीले स्वागत गरेका थिए ।  अखिल कुमार कोइरालाको संयोजकत्वमा भएको कार्यक्रमको संचालन रोटरी क्लब अफ सुरुङ्गाकी सचीव बिनिता मैनालीले गरेकी थिइन ।