सुरुङ्गा । झापाको कनकाई नगरपालिका–३ स्थित सुरुङ्गामा पहिलो पटक आयोजना गरिएको कनकाई कला, संस्कृति तथा साहित्य महोत्सव समापन भएको छ ।  

सुरुङ्गास्थित पशुपति अंग्रेजी विद्यालय  परिसरमा फागुन १४ गते देखि सुरु भएको महोत्सव आज १६ गते समापन भएको हो ।  

रोटरी क्लब अफ सुरुङ्गाको आयोजनामा भएको महोत्सव गरिएको हो । 

कनकाई नगर क्षेत्रको साहित्य, संस्कृति र कलाको प्रवद्र्धन गर्ने उदेश्यले महोत्सव आयोजना गरिएको रोटरी क्लब अफ सुरुङ्गाका अध्यक्ष शिवकुमार कँडेलले जानकारी दिए । 

WhatsApp Image 2024-02-28 at 07.40.27 (1)

समापन कार्यक्रमको प्रमुख अतिथिमा  बरिष्ठ साहित्यकार तथा संस्कृति बिद तुलसी दिवस रहेको थिइन। 

आज समापन कार्यक्रममा प्रमुख अतिथि दिवस, कवी अर्जुन पराजुली, मनु मञ्जिल, धिरेन्द्र प्रेमषि, लक्ष्मण गाम्नाङ्गे, कुन्ता शर्मा, डा. देबी नेपाल, कोमल पोखरेल, हरिमाया भेटवाल, गीतकार शिशिर योगी, लगायतले आ–आफ्नो प्रस्तुती राखेका थिए । त्यसैगरी नगरका निजि तथा सामुदायिक बिद्यालयका बिद्यार्थीहरुले बिविध सांस्कृतिक कार्यक्रमसमेत प्रस्तुत गरेका थिए ।  

WhatsApp Image 2024-02-28 at 07.40.27

रोटरी क्लब अफ सुरुङ्गाका पूर्व अध्यक्ष कुमारमणि पोखरेलले स्वागत गरेको कार्यक्रमको  औचित्यमाथि आयोजक समितिका संयोजक अखिलकुमार कोइरालाले प्रकाश पारेका थिए ।  

महोत्सवमा राष्ट्रियता झल्कने र संस्कृतिको प्रदर्शन, मनोरञ्जनात्मक सांस्कृतिक कार्यक्रमहरू समावेश, चित्र प्रदर्शन, कविता, लेख, प्रशिक्षण, जिल्ला स्तरीय साहित्य गोष्ठी, १२ वर्ष उमेर समूहका बिद्यार्थीले कविता वाचन, जातीय भेषभूषा प्रदर्शन र राष्ट्रिय स्तरको साहित्य गोष्ठीलगायतका कार्यक्रमहरू भएको थियो । 

साहित्य महोत्सवमा प्राध्यापक डाक्टर रामप्रसाद ज्ञवाली, प्रदीप रोदन, सुमन स्मारिका, हास्य कलाकार मनोज गजुरेल, गायिका रचना रिमाललगायतका श्रष्टा तथा कलाकारहरूले आ–आफ्नो कला प्रस्तुत गरेका थिए । 

महोत्सवको एक भब्य समारोहका बिच  १४ गते बरिष्ठ अभिनेता तथा गीतकार नीर शाहले उद्धघाटन गरेका थिए ।