झापाको कांकरभिट्टामा सशस्त्र प्रहरी र स्थानीयबीच झडप भएको छ ।  अवैध रुपमा भारतबाट नेपाल तर्फ ल्याउंदै गरेको सामान प्रहरीले बरामद गरेपछि स्थानीय आक्रोसित भएका थिए । 

मेचिनगर ७ स्थित गौरीगांउमा शसस्त्र प्रहरी सत्तघट्टाका प्रहरी र स्थानीयबिच झडप भएको हो ।  सशस्त्र प्रहरीले बरामद गरेको केहि पोका सामान स्थानीय पोके व्यवसायीले खोस्न गएपछि झडप भएको बताइएको छ ।  

प्रहरीले बरामद गरेको सामान गाडिमा लोड गरेर कांकरभिट्टा ल्याउने क्रममा स्थानीयले गाडिमा ढुङ्गा प्रहार गरेको र ड्राइभरलाई मरणासन्न हुने गरी कुटपिट गरेको जनाइएको छ । शसस्त्र प्रहरी कांकरभिट्टाका डिएसपी राजनलाल श्रेष्ठले बरामद गरिएको सामान स्थानीयले खोस्न थालेपछि घटना घटेको बताए । 

उनले शशस्त्र प्रहरी सत्तीघट्टाका गाडि चालक घाइते  भएको र उनको हाल बिएण्डसी अस्पतालमा उपचार भइरहको बताए  ।  

यता शसस्त्र प्रहरी बल २ गण झापाका प्रमुख एसपी कबिन्द्र राईले घटनाका बिषयमा पुरा विवरण आइ नसकेको बताए । उनले घाइतेको नाम पनि थाहा नभएको जनाएका छन् ।   स्थानीयका अनुसार शसस्त्र प्रहरीको आक्रमणमा परी दिपा बातर, हरि बातर, बिशेष राजवंशी, मिलन चापागांई, दिपक बातर, आनद यादव घाइते भएका छन् । उनीहरुको बिर्तामोड स्थित मनमोहन अस्पतालमा उपचार भइरहेको छ ।  स्थानीयले भने शसस्त्र प्रहरीले खुकुरी प्रहार गरेको दाबी गरेका छन् । 

यता घटनाका बिषयमा जानकारी लिन सम्पर्क गदा झापाका प्रमुख जिल्ला अधिकारी बन्दुप्रसाद बाँस्तोलाले शसस्त्र प्रहरी र स्थानीय बिच झडप भएको पुष्टि गरे । 

उनले बरामद गरिएको सामान खोस्न स्थानीयले सशस्त्र प्रहरी माथि आक्रमण गरेपछि प्रहरीले प्रतिरक्षा गर्दा सो घटना भएको  बताए । प्रजिअ बाँस्तोलाका अनुसार घटनास्थलमा थप प्रहरी परिचालन गरिएको छ ।