झापा 

झापाको बिर्तामोडमा तीनदेखि सञ्चालित तेस्रो सडक फुड फेस्टिवल महोत्सवमा आज शनिबार गायिका शान्तिश्री परियार आउने जनाइएको छ ।  

बिर्तामोड –३ स्थित  सैनिकमोडमा सञ्चालित महोत्सवमा गायीका परियारको प्रस्तुती रहने आयोजकले जनाएको छ ।  फेस्टीवलको गत बिहिबार एक समारोहकाबिच कोशी प्रदेश सरकारका पर्यटन, वन तथा वातावरण मन्त्री गणेशप्रसाद उप्रेतीले  उद्घाटन गरेका थिए । 

 होटल व्यवसायी संघको आयोजनामा सञ्चालित महोत्सव  चैत ७ गतेसम्म चल्नेछ ।

स्थानीय जातजातिका भेषभूषा र संस्कृतिको प्रचार प्रसार तथा प्रबद्धनकालागि महोत्सवको आयोजना गरिएको होटल व्यवसायी संघको अध्यक्ष इन्दिरा श्रेष्ठले जानकारी दिइन ।

आर्थिक मन्दिरका कारण पछिल्लो समय व्यापार व्यवसायमा देखा परेको संकटलाई माथि महोत्सवको माध्यमबाट केहि राहत प्रदान गर्न कार्यक्रमको आयोजना गरिएको श्रेष्ठको भनाई छ । त्यस्तै उनले संघको अपुरो रहेको निमार्णधिन भवनलाई पुर्णता दिन पनि महोत्सवको आयोजना गरेको उनको भनाई छ ।  

 फेस्टीवलमा दैनिक स्थानीय जात जातिका खानाका परिकार, संस्कृति झल्काउने झाँकी प्रदर्शन र स्थानीय तथा राष्ट्रियस्तरका कलाकारको दैनिक प्रस्तुति रहने संघको महासचिव शिवराज पौडेलले जानकारी दिए ।