झापा । झापा जिल्ला ब्याडमिन्टन संघको नवनिर्वाचित कार्यसमितिले शनिबारदेखि औपचारिक रुपमा पदभार ग्रहण गरेको छ ।

झापा भद्रपुरको मेची रंगशालास्थित भद्रपुर झापा गोल्डकपको सचिवालयमा शनिबार आयोजित एक समारोहका बीच अध्यक्ष ललितबहादुर तामाङले नवनिर्वाचित अध्यक्ष दिपेश ढकाललाई पद हस्तान्तरण गरेसँगै नयाँ कार्यसमितिले पदभार ग्रहण गरेको हो ।

नवनिर्वाचित अध्यक्ष दिपेश ढकालको अध्यक्षतामा आयोजित समारोहका प्रमुख अतिथि जिल्ला खेलकुद विकास समितिका अध्यक्ष भेषराज भण्डारी ‘प्रशान्त’ले नवनिर्वाचित पदाधिकारी–सदस्यहरुलाई प्रमाणपत्र वितरण गरेका थिए ।

संघका नवनिर्वाचित सचिव तीर्थराज ढकालले सञ्चालन र नवनिर्वाचित उपाध्यक्ष कुमार थापाले स्वागत गरेको समारोहमा प्रमुख अतिथि भण्डारी, प्रदेशसभा सदस्य लालप्रसाद साँवा, कोशी प्रदेश ब्याडमिन्टन संघका सदस्य प्रकाश राई, भवानी आङ्देम्बे, झापा संघका निवर्तमान अध्यक्ष एवम् मेचीगर नगरपालिका वडा नं ६ का वडाध्यक्ष तामाङ, भद्रपुर नगरपालिका वडा नं ८ का वडाध्यक्ष गौरव सुब्बा, भद्रपुर झापा गोल्डकपका प्रमुख सल्लाहकार टिकाराज ढकाल, सदस्य नितेश वर्मालगायतले नवनिर्वाचित कार्यसमितिलाई कार्यकाल सफलताको शुभकामना व्यक्त गरेका थिए ।

badminton 1

नवनिर्वाचित अध्यक्ष ढकालले खेलकुदमा निकै सम्भावना बोकेको ब्याडमिन्टन खेलको विकास र युवा खेलाडी उत्पादनका लागि झापा संघले आफ्ना क्रियाकलापलाई अघि बढाउने प्रतिबद्धता व्यक्त गरेका थिए ।

फागुन १३ गते मेचीनगरको मेची सामुदायिक भवनमा जिल्ला खेलकुद विकास सििमतिका झापाका सदस्य महेश सरकारको प्रमुख आतिथ्यमा सम्पन्न जिल्ला अधिवेशनले दिपेश ढकालको अध्यक्षतामा ११ सदस्यीय कार्यसमिति सर्वसम्मत चयन गरेको थियो । समितिको उपाध्यक्षमा कुमार गिरी र दीपक घिमिरे, सचिवमा तीर्थराज ढकाल, कोषाध्यक्षमा दिलु सुब्बा एवम् सदस्यमा प्रतिनिधिसभा सदस्य लालप्रसाद साँवा, भद्रपुर नगरपालिकाका निवर्तमान नगरप्रमुख जीवनकुमार श्रेष्ठ, श्रीप्रसाद धिमाल, राम अवतार घिमिरे, शैलेन्द्र कुरुम्बाङ, कपिल क्षेत्री भयन भएका थिए ।

केन्द्रीय ब्याडमिन्टन संघको विधान अनुसार कार्यसमितिको अध्यक्षले दुईजना उपाध्यक्ष मनोनयन गर्नसक्ने र दुईजना सदस्य मनोनयनका लागि जिल्ला खेलकुद विकास समितिलाई सिफारिश गर्नुपर्ने प्रावधान अनुसार शनिबार नै बसेको पहिलो बैठकबाट अध्यक्ष ढकालले दुईजना उपाध्यक्ष मनोनयन गरेको र दुईजना सदस्य मनोनयनका लागि बैठकले झापा जिल्ला खेलकुद विकास ससमितिलाई सिफारश गरेको सचिव तीर्थराज ढकालले जानकारी दिए ।